सर्वाधिक ठूलो हिप !


३९ वर्षकी माइकेल रुफिनेली विश्वमा सबैभन्दा चौडा हिप भएकी महिला हुन्। अमेरिकाको लस एन्जल्सकी रुफिनेलीको नितम्बको व्यास ८  फिट छ। कम्मरमाथिको भाग सामान्य भए पनि मिकेलको कम्मरमुनिको भाग अस्वाभाविक रूपमा मोटो छ। त्यसैले उनको जीउको समग्र  तौल पनि १ सय ९१ किलोभन्दा बढी छ।

भीमकाय नितम्ब भएकी मिकेल आफ्नो अस्वाभाविक शरीरप्रति गर्व गर्छिन्। आफूमा कुनै स्वास्थ्य समस्या नभएकाले जीउ घटाउन  डाइटिङको खाँचो नपरेको उनको दाबी छ। रुफिनेली तन्नेरीहरूले आफूलाई खुबै मन पराउने दाबी पनि गर्छिन्। दुब्ला स्लिम केटीहरूलाई  तन्नेरीहरूले मन नपराउने उनको जिकिर छ। मिकेल स्थानीय मोडल पनि हुन्। महिलासम्बन्धी एक वेबसाइटका लागि मोडलिङ गरेबापत  उनले महिनाको १ हजार डलर पाउँदै आएकी छिन्।