स्तनले थिचेर हत्या प्रयास


एक जर्मन महिलामाथि आफ्ना भीमकाय स्तनले थिचेर आफ्नो ब्वाइफ्रेण्डको हत्या गर्ने प्रयास गरेको आरोप लागेको छ। डी डी आकारका  ठूला स्तनको चेपमा उसको अनुहार फसाएर, स्वास फेर्न नदिई मार्ने योजना ती महिलाको भएको उनका पुरुषमित्रको जिकिर छ। फ्रान्जिस्का  ह्यान्सेन नामकी ती ३३ वर्षीया महिलाले आफ्ना वकिल पुरुषमित्रलाई सेक्स गेम भन्दै स्तनले थिचेर मार्ने प्रयास गरेको उजुरी परेपछि  उनलाई पक्राउ गरियो र अहिले उनीमाथि हत्या गर्ने प्रयास गरेको अभियोग लगाइएको छ।

जर्मनीको एक अदालतमा चलिरहेको मुद्दामा बयान दिने क्रममा ती महिलाले आफूलाई निर्दोष बताउँदै सम्भोगका दौरान पाकक्रीडाका बेला  ब्वाइफ्रेन्ड आ-आफ्नो छातीमा लुटपुटाएको दाबी गरिन्, तर टिम स्किमिडिट नामका ती पुरुषले भने ती प्रेमिकाले सेक्सका दौरान एक्कासि  पक्रिएको र दुई स्तनको चेपमा आफ्नो टाउको बलजफ्ती थिच्दा आफूले सास फेर्न नसकेको, नीलो हुँदै गएको, रुन पनि नसकेको र झन्डै  मर्ने अवस्थामा पुगेको बेला बल्लतल्ल फुत्किन सफल भै नांगै बाहिर भाग्दा छिमेकीहरूले आफ्नो उद्धार गरेको बताएका छन्। प्रेमिलाई यसरी  मार्ने प्रयास गर्ने ती महिला आफ्नो ब्वाइफ्रेन्डभन्दा झन्डै दोब्बर वजनकी छिन्।