ताप्लेजुङ सदरमुकाममा आगलागि, ८ घर नस्ट



रविन भट्टराई

२७ माघ, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ भएको आगलागीबाट ८ घर जलेर नष्ट भएका छन् । जसबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा परी फुङलिङ ७ का उमा गुरुङ, डिल्ली गुरुङ, कणधोज लिम्बु, सन्दिप लिम्बु, कुमार हाङ लिम्बु, मणि लिम्बु, मिङ्मा शेर्पा र लाक्पा शेर्पाको घर जलेर नस्ट भएको छ ।



शुक्रबार साँझ साढे ६ बजे मणिप्रसाद लिम्बु र मनोजकुमार अङछङवोको घरमा मैन बतिबाट आगलागी शुरु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको संयुक्त प्रयासमा ४ घण्टा पछि नियन्त्रणमा आएको थियो ।

जलेर नष्ट भएका घरमा ३० परिवार डेरा गरिबसेका र उनीहरुको सबै सामान जलेर नष्ट भएको डेरागरि बस्ने फुर्बा शेर्पाले बताउनुभयो । करिब ४ करोडबराबरको क्षतिभएको अनुमान गरेपनि त्यो भन्दा बढी हुने सक्ने आसङ्का गरिएको छ । बस्तबिक क्षति भने संकलन भईरहेको प्रहरीले बताएको छ ।

यसै विच जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अहिले घटना स्थलको अवलोकन गरी पिडित परीवारलाई राहत प्रदान गर्न रागेको जिल्ला प्रसासन कार्यालय ताप्लेजुङले जनाएको छ ।