स्वस्थानी पुजा हेर्न आएकी युवतीमाथि बलात्कार प्रयास


सन्तोष सिंह, सर्लाही, फागुन १४ - सर्लाहीको हरिवनमा स्वस्थानी पुजा हेर्न आएकी युवतीमाथि बलात्कारको प्रयास गरिएको छ। छिमेकीको घरमा प्रसाद खान आएकी हरिवन-१ बेतालीकी १७ वर्षीया युवती माथि स्थानीय ३४ वर्षीय भक्त बहादुर पाल्पालीले बलात्कारको प्रयास गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक श्यामल सुब्बाले बताए।


-->



आइतबार साँझ साढे सात बजे प्रसाद खान छिमेकीको घर पुगेकी युवतीलाई घर भन्दा पर खेतमा लगेर जबरजस्ती गर्ने प्रयास गरिएको छ,' सुब्बाले भने,'जबरजस्ती गर्न खोज्दा युवती करायो। युवतीको अवाज सुनेर स्थानीयहरु जुटेपछि भक्त बहादुर पाल्पाली फरार भएका छन्।' स्थानीयहरु समयमै पुगेकोले युवती सुरक्षित रहेको उनले भने। मेडिकल जाँचबाट पनि युवती सुरक्षित देखिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

इन्दु शंकर चिनी उद्योगमा कार्यरत लालबन्दी भक्तबहादुर पाल्पाली घटनापछि फरार भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी साथ महिला प्रहरी सहित प्रहरी घटनास्थलमा पुगेर उनको खोजी गरिरहेको प्रहरी निरीक्षक सुब्बाले जानए। राती नै घटना भए पनि स्थानीय राजनीतिक दलले बलात्कारीलाई संरक्षण गरिरहेको बताइएको छ।