फिल्ममा मात्र होइन, भिडियोमा पनि राज र मलिना
![]() |
अष्ट्रेलियामा रहेर चलचित्र ‘ऋतु’ को छायांकनमा व्यस्त नायक राजवल्लभ कोइराला र पुर्व मिस नेपाल मलिना जोशी म्युजिक भिडियोमा पनि अभिनय गर्न व्यस्त देखिएका छन् । यि दुइले हालै मात्र प्रदिप चापागाइको एकल गजल एल्बम ‘गुमनाम’ मा समावेश एक गीतको भिडियोमा अभिनय गरेका छन् ।
-->
सिड्नीमा नै रहेको आल्प इन्टरटेन्मेन्ट्सको निर्माण रहेको म्युजिक भिडियोलाई मनोज अधिकारीले निर्देशन गरेका हुन् । यो गीतमा सत्यराज आचार्यको स्वर , गैरे सुरेशको संगीत र आमोश तामाङको संगीत संयोजन छ । भिडियोलाई सुजन प्रजापतीले छायांकन गरेका हुन् ।

![]() |