अनाथलार्ई कतारमा बस्ने नेपालीको सहयोग


चितवन, फागुन १४ - चितवन यूवा समुह दोहा कतारद्वारा गठित चितवन चेपाङ उत्थान सेवा समितिले पश्चिम चितवनको जगतपुरमा रहेका अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

प्रभात अनाथालयमा चितवन राष्ट्रीय निकुञ्जको आसपासका गाबिसमा अनाथ बालबालिकालाई राखिएको छ। निकुञ्जका जनावरको आक्रमणबाट अभिभावक गुमाएका र बन्यजन्तुको चोरी तस्करीको अभियोगमा बाबुआमा कारागार चलान भएपछि बिचल्लीमा परेका बालबालिकालाई प्रभात अनाथालयले संरक्षण दिएको छ ।
-->


रहेका प्रभात किरण सेवा समाजको संरक्षणमा रहेको प्रभात अनाथालयका बालबालिकालाई समितिले १३ हजार रुपैया बराबरको खाद्य सामग्री सहयोग गरेको हो ।

कतारमा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट सो सहयोग जुटाईएको चितवन यूवा समुह दोहा कतारका सल्लाहाकार रवि भट्ट रोषीले जानकारी दिनु भएको छ ।

संकलित रकमबाट प्रभात अनाथालयका बालबालिकालाई दश बोरा चामल, पाँच किलो दाल, पा“च लिटर खाने तेल, एक बोरा भुजा तथा २२ किलो आलु सहयोग गरिएको छ । खाद्य समाग्री समितिका सल्लाहकार रवि रोषीले प्रभात किरण सेवा समाजका अध्यक्ष छबिलाल न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो ।