एमाओवादीको महाधिवेशन कुम्भ मेलामात्रै : भण्डारी


फलेवास (पर्वत), माघ २०- नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले हेटौंडामा सुरु भएको एमाओवादीको महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएकी छन्। उनले विचार, नेतृत्व र पद सबै पहिले नै टुङ्गो लगाएर गर्न लागिएको महाधिवेशन कुम्भमेला मात्रै भएको बताएकी हुन्।

 
प्रेस चौतारी पर्वत शाखाले शनिबार बिहान कुस्माबजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष भण्डारीले एमाओवादीको गठबन्धन कुनै पनि हालतमा चुनाब नहोस् भन्ने पक्षमा रहेको बताउँदै नत्थी लगाएर विपक्षीलाई चुनावमा ल्याउँछु भन्नु अर्को निरङ्कुशता हो भने।


चुनावी सरकारका लागि स्वतन्त्र व्यक्ति अघि सार्न खोज्ने काम पनि त्यसकै उपज भएको उनको भनाइ थियो। रासस