रामपुर क्याम्पसमा तोडफोड र आगजनी
![]() |
रत्ननगर (चितवन), माघ २०- एमाओवादीका विद्यार्थीले जबरजस्ती रामपुर क्याम्पसमा लगाएको ताला फोरेर महाधिवेशनका लागि गाडी लगेको भन्दै विपक्षी राजनीतिक दलआबद्ध विद्यार्थी यसको विरोधमा उत्रिएका छन्। बिहानैदेखि सुरु भएको विवादका कारण विभिन्न दल निकट विद्यार्थी सङ्गठनले क्याम्पसमा तोडफोड र आगजनी गरेका छन्। तोडफोडबाट क्याम्पस प्रमुख चढ्ने बा १ च ४२५३ नम्बरको गाडीमा क्षति पुगेको छ। क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको फर्निचरसमेत जलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ताला फोरेर गाडी लगिएको विषयमा क्याम्पस प्रमुखको समेत मिलोमतो भएको आरोप ती विद्यार्थीहरूले लगाएका छन्। उनीहरूले क्याम्पस प्रमुखको समेत राजीनामा माग गरेका छन्। क्षतिको पूर्ण विवरण भने आइसकेको छैन। रासस