अनारको जुसमा भियाग्रा प्रभाव


 यौन जीवनलाई प्रभावकारी बनाउन नसकिरहेकाहरूका लागि खुसीको खबर । अनारको जुस दिनहुँ सेवन गर्ने गरे दाम्पत्य जीवन स्वस्थ बनाउन सकिन्छ रे । अनारको जुसले भियाग्राको काम देखाउने रहेछ ।  
एडिनबरास्थित क्विन मार्गारेट विश्वविद्यालयमा गरिएको अध्ययनपछि यो तथ्य पत्ता लागेको हो । अध्ययनमा २१ वर्षदेखि ६४ वर्षसम्मका महिला र पुरुष गरी ५८ जनालाई सहभागी गरिएको थियो ।
सहभागीहरुलाई दुई सातासम्म निरन्तर अनारको जुस सेवन गराउँदा उनीहरुको टेस्टास्टेरोन हार्मोनको स्तरमा वृद्घि भएको
पाइयो । टेस्टास्टेरोन मुख्यतः पुरुष हार्मोन हो, जो युवकहरुमा यौन सम्बन्धी विकासका लागि जिम्मेवार हुन्छ । यो हार्मोन आंशिक रूपमा युवतीहरुमा समेत पाइन्छ । यसले उनीहरुको एडि्रनल ग्लान्ड र पाठेघरमा प्रभाव पार्ने गर्छ । साथै, उनीहरुको हाड र मांसपेशीलाई बलियो बनाउँछ ।
अनुसन्धानमा पाइए अनुसार, टेस्टास्टेरोन हार्मोन पुरुष र महिलामा यौनेच्छा जगाउन, तनावको स्तर घटाउन, राम्रो मुड बनाउन, स्मरण शक्ति बलियो पार्न अनि रोग प्रतिरोधी क्षमता बढाउनसमेत सहयोगी हुन्छ ।