ब्ल्याकमेलरद्वारा ३५० महिला निर्वस्त्र




न्युयोर्क , माघ २० - झन्डै ३ सय ५० महिलालाई ब्ल्याकमेल गर्दै बेबक्याम अगाडि निर्वस्त्र हुन बाध्य पार्ने २७ वर्षे क्यारेन ग्यारी काजरियानलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ ।
अभियोग प्रमाणित भएमा उनलाई कम्तीमा १ सय ५ वर्ष सजाय हुन सक्छ । उनीमाथि फेसबुक, स्काइप र ईमेल अकाउन्ट ह्याक गरेर महिलाको नग्न तस्बिर प्राप्त गरेको अभियोग छ । त्यसपछि क्यारेनलाई वेबक्याम अघिल्तिर निर्वस्त्र नभएमा तस्बिर सार्वजनिक गरिदिने धम्की दिएका थिए । अमेरिकी संघीय जाँच ब्युरोले यो ब्ल्याकमेललाई 'सेक्सोटोर्सन' नाम दिएका छन् ।
अमेरिकी न्याय मन्त्रालयले पत्रकार सम्मेलन मार्फत आरोपितको विस्तृत विवरण सार्वजनिक गरेको छ । ग्यारीले ईमेल अकाउन्ट ह्याक गर्नुका साथै पीडितको पासवर्ड समेत परिवर्तन गरेका थिए, जसले गर्दा उनीहरूले फेरि उक्त एकाउन्ट खोल्न नसकून् । क्यारेनले एकाउन्ट ह्याक गरेपछि अन्य फाइलमा महिलाको मित्रको नाम र पासवर्ड प्राप्त गर्थे ।
एकाउन्टबाट जानकारी पाएपछि उनले आफूलाई महिलाको रूपमा प्रस्तुत गर्दै फेसबुकका मित्रहरूलाई म्यासेज पठाएर वेबक्याम अघिल्तिर नग्न हुन मनाउँथे । यसपछि उनले महिलाहरूको तस्बिर खिच्थे । क्यारेनको कम्प्युटरबाट प्रहरीले ३ हजार महिलाको नग्न र अर्धनग्न तस्बिर फेला पारेका छन् ।
आफ्ना मित्रसँग नभएर अन्य व्यक्तिको सम्पर्कमा रहेको पीडित महिलाहरूले थाहा पाएपछि ग्यारेनले ब्ल्याकमेल सुरु गरेका थिए । उनीद्वारा संवेदनशील तस्बिर सार्वजनिक गर्ने धम्की दिइएपछि महिलाहरू नग्न हुन बाध्य भएका थिए । उल्लेखीय के छ भने, उनको फोहोरी सोचको सिकार हुनेमा टाठाबाठा महिलाहरू बढी छन् ।