म्युजिक भिडियो र फिल्ममा अभिनय गर्दै जल शाह
|
कुनै समय थियो जतिबेला जल शाहले चलचित्रको पर्दामा लगाएको पहिरनमा धेरैले जिब्रो टोक्दै आश्चर्य मान्थे । नेपाली सिनेमामा नायिकाहरु चोली र फरियामा नै सजिन्थे । तर नायिका जल शाहले स्कर्ट लगाएर मझैले पर्दामा अभिनय गर्थिन् ।उनै नायिका शाह नेपाली सिनेमाबाट पलायन हुँदै अमेरिका हानिईन् । अमेरिका पुगेर बिहे गरेकी जलको एक छोरी पनि छिन् । लामो समयको अमेरिका बसाईपछि जल शाह नेपाल आउने तयारीमा छिन् ।
उनी यसपटक नेपाल घुम्न मात्र नआउने भएकी छिन् । जल शाह यसपटक ६ महिनका लागि नेपाल आउँदैछिन् । नेपाल आएको समयमा सिनेमा र म्युजिक भिडियो खेल्ने इच्छा उनको छ । नेपाल आएको समयमा एक छोरीकी आमा जल फोटोसुट समेत गर्ने तयारीमा छिन् ।
लामो समय अमेरिकामा नै हराएकी जललाई नेपाली सिनेमाबाट अफर आउने हो या होइन, त्यो भने हेर्न बाँकी नै छ ।
|




