गुगललाई कारवाहीको चेतावनी


फ्रान्स, फाल्गुन ८ - आफ्ना प्रयोगकर्ताको गोपनियतासम्बन्धी नीति परिवर्तन नगरे युरोपियन यूनियनले इन्टरनेट दुनियाँको हस्ती कम्पनी गुगललाई कारवाही गर्ने भएका छन् । गुगलले आफ्नो छुट्टाछुट्टै साइटको प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारी एकै ठाउँमा भण्डार गर्ने नीतिले प्रयोगकर्ताको व्यक्तिगत गोपनियताको हक खतरामा परेको यूनियनको ठहर छ ।
गोपनियता अधिकारसम्बन्धी अनुगमन गर्ने फ्रान्सेली निकायले ८ महिना लगाएर निकालेको निश्कर्षमा युरोपियन युनियन आवद्ध अन्य राष्ट्रहरुले सहमति जनाएका छन् । युनियनल गुगगलाई आफ्नो यो नीति परिवर्तनको लागि गुगललाई ४ महिने अवधि दिएको थियो । तर, गुगलले भने आफ्नो नीतिले युरोपियन युनियनको कानुन बिपरीत नभएको दाबी गरेको छ ।
गुगलले अघिल्लो बर्ष प्रयोगकर्ताहरुसाग गरिने व्यक्तिगत गोपनियतासम्बन्धी शर्तलाई एकै ठाउामा राखेर सम्झौता गर्ने नीति ल्याएको थियो । यो नितिले प्रयोगकर्ताले दिन नचाहेको व्यक्तिगत जानकारीसमेत बाध्य भएर दिनुपर्ने युरोपियन युनियनको दाबी छ । गुगलको जिमेल, युट्युब, गुगलप्सल, ब्लगजस्ता छुट्टाछुट्टै साइटहरु छन् । यी सबै साइट प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारी गुगलले एकै ठाउामा भण्डारण गर्छ । युनियनले यसअघि पनि पटक पटक नीति परिवर्तनको लागि गुगललाई चेतावनी दिंदै आएको थियो । अब, पनि नीति नगरे केही महिनाभित्रै गुगललाई कारवाही को प्रक्रिया अगाडि बढाइने युनियनले बताएको छ ।