बि-बोइङतिर तन्नेरी
![]() |
कानमा इयरफोन। मोबाइलमा अंग्रेजी गीत। त्यही तालमा खुट्टा हल्लाउँदै हिँड्ने तन्नेरीको पोखरामा के गिन्ती? एकैछिनमा उनीहरु रंगशाला पुग्छन्। कोही हल छिर्छन्। कोही खुला चौरमा उफ्रिन्छन्। कोही आफ्नै घरमा उफर चर्काएर लीला देखाउन थाल्छन्- टाउकोले टेक्ने, हत्केलाको भरमा उफ्रने, कहिले कम्मर नै भाँच्चिएलाजस्तो गरी मर्काउने। अर्थात् बि-बोइङ।
हेर्दै डरलाग्दो नृत्य बि-बोइङतिर नयाँ पुस्ता नजानिँदोगरी तानिएको छ। बि-बोइङ जसलाई ब्रेकिङ वा ब्रेक डान्सिङ पनि भनिन्छ। हिपहपमा आधारित ब्रेक डान्स पनि भन्छन्, यो नृत्यलाई। संगीतको तालमा कम्मर मर्काउने, हात र टाउको टेकेर उभि"दै बडी 'रिज' गर्ने, टाउकोमा अडिएर फनन घुमाउँदै डान्स गर्ने कला हो- बि-बोइङ। पछिल्लो समय मादलको ताल र सारंगीको धूनमा पनि बि-बोइङ नाच देखाउन थालिएको छ। अरू डान्सभन्दा नया" र फरक डान्स भएकाले पछिल्लो समय पोखराका युवामा बि-बोइङ डान्समोह बढ्दो छ।
६० को दशकमा 'गुड फुट' नामले चिनिने यो डान्सले विभिन्न चरण पार गर्दै अहिले बि-बोइङको रुप लियो। विश्वभर यसको प्रभाव र अनुशरण बढ्दो छ। आजभोली नेपाली बि-बोइज र बि-गर्ल्सहरुसमेत निकै व्यस्त छन्। 'पोखराका विभिन्न सांगीतिक कार्यक्रम र मेलामा मलाई बि-बोइङ डान्सका लागि अफर आउँछ, नाम पनि हल्का दाम पनि दिएको छ,' पोखराकै पहिलो बि-बोइङ डान्सर भन्न रुचाउने डोबिन पुन भन्छन्, 'बाहिरी जिल्लाका कार्यक्रममा बि-बोइङ देखाउन बढी जान्छु।'
इन्टरनेट भिडियो सञ्जाल यु-टुबमा हेरेर बि-बोइङ डान्स सिकेको हेर्दै आफैं सिकेर उनी विगत आठ वर्षदेखि यो क्षेत्रमा छन्। उनले एउटा कार्यक्रममा बि-बोइङ डान्स गरेको न्यूनतम ५ देखि १० हजारसम्म पारिश्रामिक लिन्छन्।
सुरुसुरुमा हिपहप डान्सको नामले चिनिने बि-बोइङ डान्स पोखरामा निकै लोकप्रिय छ। हरेक पश्चिमा संस्कृतिमा अग्रसर पोखरेलीका जुनसुकै मेलामहोत्सवमा अचेल बि-बोइङ राखिन्छ। कुनै यन्त्रको प्रस्तुतिजस्तो लाग्ने यो नृत्य खुट्टाको शक्तिशाली तर कलात्मक प्रस्तुतिस"गै, कम्मर, पाखुरा र टाउकोको समेत अपत्यारिला 'मुभमेन्ट' को सम्मिश्रण हो।
'पोखरामा बि-बोइङ डान्सले मार्केट लिने क्रम बढिरहेको छ, हामी पनि विभिन्न ठाउँमा नाच्न जाने गरेका छौं,' बि-बोइङ डान्सर समूह नटी नकर्स क्रिउ, रामबजारका सदस्य सविन गुरुङ भन्छन्, 'अहिलेसम्म पोखरामा बि-बोइङ सिक्ने ठाउँ छैन, सबै सेल्फ प्राक्टिस गर्ने अनि यु-टुब हेरेर सिक्ने गरेका छौं।'
पोखरामा संस्थागत रुपमा बि-बोइङ सुरु भएको करिब तीन वर्ष पुग्न लाग्यो। न्युरोडका युवाले इनटल साइकिक क्रिउ नामक पहिलो बि-बोइङ समूह बनाएका थिए। यो समूहमा अहिले १२ सदस्य छन्। त्यसबाहेक रत्नचोकको हाइपर स्ट्रिट क्रिउ, लेकसाइडको हाइज्याकर्स क्रिउ, नयाँबजारको एबी जाबा क्रिउ, राष्ट्रबैंक चोकको एभर हाई क्रिउ, बगरको ट्वान्टी-ट्वान्टी बेकर्स चर्चित छन्। यीबाहेक बि-बोइङ डान्सरका थुप्रै अन्डरवर्ल्ड समूह पनि पोखरामा सक्रिय छन्। 'डान्स पार्टीमा बि-बोइङ देखाएको कम्तीमा ३ हजार ५ सय रुपैयाँ लिन्छौं, स्टेज कार्यक्रमलाई ८ देखि १० हजार लिन्छौं,' इनटलका दीपक गुरुङ भन्छन्, 'पोखरा र बाहिरबाट डान्सको अफर बढिरहेको छ।'
नेपालमा ९० को दशकमा हिपहप भित्रिएपछि बि-बोइङ सुरु भएको मानिन्छ। झन्डै दुई दशकदेखि नेपालमा बस्दै आएका थाई नागरिक मिकीले काठमाडौंको ठमेलमा जिएए हलमा बि-बोइङ ट्रेनिङ सुरु गरेपछि यसको आकर्षण ह्वात्तै बढेको बताइन्छ। 'बि बोइङ हरेक ठाउँका युवाले फलो गर्न थालेका छन्,' विवेक चौधरी भन्छन्, 'यो डान्स देखाउन हामी बेनी, बाग्लुङ, काठमाडौंलगायत ठाउँ पुगेका छौं।'
बि-बोइङमा कम्फु, उसु र मिक्स्ड मार्सल आर्टका कला पनि प्रयोग हुने हुनाले कलिला युवा पनि आकर्षित छन्।
के हो बि-बोइङ?
टाउकोले टेकेर एउटा हत्केलाको भरमा गरिने डान्स नै बि-बोइङ हो। यसमा चार तŒव हुन्छन्। टप रक/अप रक, फुटवर्क, डाउन रक र प्रिज अथवा/सुसाइड। संगीतको तालमा कम्मर मर्काउने, हात र टाउको टेकेर उभि"दै बडी रिज गर्ने, टाउको जमिनमा अड्याएर फनन घुमाउँदै नाच्ने यसको कला हो। सन् १९६९ मा जेम्स ब्राउनले न्युयोर्कमा आफ्नो गीत 'गेट अन द गुड फुट' मा फरक शैलीमा डान्स देखाएपछि ब्राउनको त्यही गुड फुट शैलीको डान्सले हिपहप, बि- बोइङ र ब्रेक डान्सिङको रुप लियो। गुड फुटको सफलतापछि त्यतिबेलाका चचित डिजे कुल हर्कले थोरै परिवर्तन गरेर बि-बोइङ नाम जुराएका थिए।
![]() |