जंगलमा हराएकाहरु सकुशल फिर्ता
![]() |
चितवन, माघ २० (नागरिक) - जंगलमा कुचोका लागि अमि्रसो लिन गएका बेला बिहीबार सम्पर्कविहीन भएका माडी बघौडा गाविस वडा नं. ४ का ११ जना गाउँले शुक्रबार सकुशल फेला परेका छन्। उनीहरु जंगलमा बाटो बिराएर अलपत्र परेकाले समयमा घर फर्कन सकेका थिएनन्।
'अमि्रसो खोज्दै भारतीय जंगल क्षेत्रको पनि निकै तल पुग्नुभएको रहेछ। फर्कने बेला अँध्यारो भएर बाटो पत्ता लगाउन नसकेपछि रातभर भारतीय क्षेत्रको जंगलमा नै बस्नुभएछ,' खोजीकार्यमा लागेका स्थानीय अशोक पौडेलले जानकारी दिए।
'हामी त निकै तल घना जंगल क्षेत्रमा पुग्यौं। फर्कंदा बाटो पत्ता लगाउनै सकिएन। बाटैमा अँध्यारो भयो। आज बिहान घाम लागेपछि नेपालतर्फको डाँडाको मेसो पायौं र अगाडि बढ्दै आयौं,' टोलीमा रहेकी विष्णुमाया पौडेलले भनिन्। शुक्रबार बिहान आठ बजे उनीहरुसँग खोजी टोलीको भेट भएको थियो।
बिहीबार बिहान आठ बजे जंगल गएका ११ जना साँझ अबेलासम्म पनि नफर्केपछि स्थानीय र प्रहरीले खोजीकार्य सुरु गरेका थिए। अरु बेला आठ बजे जंगल गएकाहरु जति अबेला भए पनि दिउँसो एक बजेसम्म घर फर्कन्थे।
टोलीमा नौ महिला र दुई पुरुष थिए। भारतीय सीमा क्षेत्रमा रहेको सोमेश्वर सामुदायिक वनमा उनीहरु कुचोका लागि अमि्रसो काट्न हिँडेका थिए।
![]() |