अँगालोले तनाव घटाउँछ
![]() |
स्मरणशक्ति बढाउँछ
कसैलाई अँगालो मार्ने वा कसैको अँगालोमा बाँधिने कल्पना मात्रले पनि आङ सिरिङ हुने गर्छ । त्यसमाथि आफ्नो पि्रय मान्छेको अँगालोको त के कुरा गर्नु ?
अँगालोले स्मरणशक्ति बढाउन र तनाव कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने रहेछ । भियना विश्वविद्यालयमा गरिएको अध्ययनबाट यो निष्कर्ष निस्केको हो । डेली मेलले सम्बद्ध वैज्ञानिकहरुलाई उद्धृत गर्दै लेखे अनुसार, कुनै व्यक्तिले कसैलाई अँगालो हाल्दा उसको रगतमा अक्सिटोसिन हार्मोन प्रवाहित हुन थाल्छ । यो हार्मोनले रक्तचाप र तनाव नियन्त्रण गर्न र स्मरणशक्ति बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।
अध्ययनकर्ताहरुका अनुसार, कुनै पनि व्यक्तिको सामाजिक व्यवहार निर्धारण गर्न अक्सिटोसिनको अहम् स्थान हुन्छ । यो हार्मोनले आपसमा घनिष्ठता बढाउँछ ।
महिला आमा बन्नु र स्तनपान गराउन सक्षम हुनुमा यो हार्मोनको हात हुन्छ । आमा र शिशुको सम्बन्ध बलियो बनाउनमा पनि यही हार्मोन जिम्मेवार हुन्छ । अनुसन्धानकर्ताहरू भन्छन्, 'अँगालो मार्नु भनेको माया दर्साउनु हो । कसैले कसैलाई अँगालो हाल्दा एअर्काप्रति सहानुभूति उत्पन्न हुन्छ । स्वाभाविकै हो, आपसमा विश्वास बढेपछि शरीरमा सकारात्मक प्रभाव पर्छ ।' सकारात्मक प्रभाव परेपछि मस्तिष्क पनि चंगा हुने भइहाल्यो । चंगा मस्तिष्कले नै धेरै कुरा सम्झन सक्छ ।
न्युरो फिजियोलजिस्ट जुगेन सेडकुलरका अनुसार, एकअर्कालाई नचिन्ने र अँगालोको चाहना नराख्ने व्यक्तिबीच चाहिँ पनि यस्तो क्रियाको त्यस्तो धेरै प्रभाव पर्दैन रे । इच्छाबेगर कुनै अपरिचित वा परिचितद्वारा अँगालो मार्दा पनि अक्सिटोसिन हार्मोन सक्रिय हँुदैन । मन नलागीनलागी अँगालो मार्दाचाहिँ तनाव बढ्छ ।
त्यसैले विश्वासको अँगालो मारौं, तनाव घटाऔं र दिमाग बढाऔं ।
![]() |