सम्पत्ति आयोगद्वारा प्रचण्ड र बाबुरामलाई उन्मुक्ति
![]() |
४ नेतालाई निलम्बनको सिफारिस, १९ ले विवरण बुझाएनन्
3
२८ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीको सम्पत्ति छानविन आयोगले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुलाई उन्मुक्ति दिएको छ ।
महाधिवेशन आयोजक समितिको बैठकमा सम्पत्ति छानविन समितिका संयोजक अमिक शेरचनले १ सय १८ पृष्ठ लामो प्रतिवेदन पेश गर्नु भएको थियो । ‘अध्यक्ष र उपाध्यक्षविरुद्ध उजुरी परेको थियो । तर, उजुरीमा दाबी गरिएजस्तै केही भेटिएन भन्ने छ’ एक नेताले अनलाइनखबरसँग भने-’उजुरीमा भनिएको मुक्ति टावर, कृष्ण टावर र विभिन्न बैंकसँग उहाँहरुको कुनै साइनो छैन भन्ने छ ।’
स्रोत अनुसार शेरचन आयोगले प्रचण्ड र बाबुरामसहित १ सय १५ नेतालाई सफाइ दिएको छ । भृकुटीमण्डप विस्तारित बैठकमा गठित समितिले चारजना नेतालाई निलम्बन गर्न सिफारिस गरेको छ । निलम्बन गरिने नेताहरुको नाम भने बैठकमा सार्वजनिक गरिएको छैन । प्रतिवेदनबारे पदाधिकारी बैठकमा छलफल गरिने बताइएको छ । पार्टीद्वारा गठित समितिमा १९ जना नेताले आफ्नो सम्पति विवरण नबुझाएको प्रतिवेदनमा उल्लेख छ ।
एमाओवादीका एक केन्द्रीय नेताले अनलाइनखबरलाई दिएको जानकारी अनुसार नेताका अनुसार समितिले प्रचण्ड र बाबुरामविरुद्ध परेको उजुरी गलत भएको प्रमाण समेत पेश गरेको बताएको छ । समितिमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अकुत सम्पत्ति जोडेकोसहितका उजुरी परेको थियो । नेताहरुका अनुसार प्रचण्डको मुक्ति टावर र बाबुरामको कृष्ण टावरमा लगानी रहेको विभिन्न बैंकमा लगानी रहेकोसहितका उजुरी परेको थियो । ‘तर, कृष्ण टावर कृष्ण आचार्यको रहेछ, मुक्ति टावर अजय सुमार्गीको रहेछ ।’ समितिको निश्कर्ष सुनाउँदै स्रोतले भन्यो ।
केहीलाई निलम्बन र चेतावनी
समितिले केही नेतालाई भने दोषी ठहर गर्दै कारवाही गर्न सिफारिस गरेको छ भने केहीलाई आलोचना र सचेत गराउन सिफारिस गरिएको छ । ‘केही नेताहरुलाई ३ महिना निलम्बनको सिफारिस गरिएको छ’ ती नेताले भने-’यसबारे पार्टी कार्यालयले अध्ययन गरेर सार्वजनिक गर्छ ।’