अल्छीको लागि खुशीको खबर
|
काठमाडौ, मंसिर १७ - रगतको चिल्लोपन र मुटुरोगको असर कम गर्न साढे दुई मिनेटको कडा मेहनत काफी हुने एक अध्ययनले देखाएको छ । बेलायती अनुसन्धानकर्ताहरुको एक टोलीले गरेको अध्ययन अनुसार साढे दुई मिनेट
कडा मेहनत गर्नेलाई गर्नेलाई घण्टौं दौडने भन्दा बढी फाइदा हुन्छ ।
अनुसन्धानकर्ताहरुले एक समूहलाई केहीबेर दौडन लगाए । फेरि, अर्को टोलीलाई बीचबीचमा केही बेर आराम दिंदै ३०-३० सकेेण्ड गरी चार पटकमा साढे दुई मिनेट मज्जासँग साइकलमो पाइडल ठेल्न अह्राए ।
भोलीपल्ट उनीहरु सबैलाई चिल्लो भएको टन्न खाजा खुवाइयो । त्यसपछि उनीहरुको शरीरमा कति चिल्लो पदार्थ पच्यो भन्ने जाँच गर्दा आनन्दले कयौँंबेर दौडने भन्दा साढे दुई मिनेट साइकलको पाइडल ठेल्नेहरुको रगतमा चिल्लो पदार्थ पचेको पाइयो ।
साढे दुई मिनेटसम्म साइकलको पाइडल ठेल्नेको शरीरको रगतमा ३३ प्रतिशत चिल्लो पदार्थ पचेको पाइयो भने अरुको रगतबाट जम्मा ११ प्रतिशत चिल्लो पदार्थ मात्रै घटेको थियो ।
समय कम भएका र लामो समय व्याम गर्न अल्छी लाग्नेहरुको लागि केही मिनेटकै कडा अभ्यास लाभदायक हुने अनुसन्धानकर्ताहरुको भनाई छ ।
|




