तपाइको आजको राशिफल आज २०६९ साल मंसिर ०३ गते आइतबार, पञ्चमी।

आज २०६९ साल मंसिर ०३ गते आइतबार, पञ्चमी।

Aries: मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शिक्षाको क्षेत्रमा एकदम प्रगति हुने खालको समय रहेको देखिन्छ । देश विदेशको वौद्धिक काममा सहभागी हुनु पर्ने खालको समय रहेको देखिन्छ ।

Taurus: वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): राम्रो विचार पलाउने खालको समय रहेको देखिन्छ । केहि कुरा बोल्दा विचार गर्नु भएन भने विवादको वातावरण सिर्जना हुने खालको समय रहेको देखिन्छ ।

Gemini: मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा):
 मिथुनको शुक्रले तपाईको विपरितलिंगी तिर आकर्षण बढेको देखिन्छ । शिक्षाको क्षेत्रमा पनि तपाईको एकदम प्रगति हुने खालको समय रहेको देखिन्छ ।

Cancer: कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
 कृषि तथा जागिर दुवै तिरबाट खासै नराम्रो समय भने छैन । तपाईले बोलेको भरमा तपाईको काम सम्पन्न हुने देखिन्छ । अरुले तपाईको सम्मान गर्न छन् ।

Leo: सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन तपाईको लागि सामान्य रहने देखिन्छ । खर्च अलि बढ्ने खालको समय रहेको देखिन्छ । केहि निर्णय गर्दा विचार गरेर मात्र गर्नु होला ।

Virgo: कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): दिन क्रमस: सुध्रिदै जाने छन् । नयाँ कामको लागि सुनौलो अवसर आउने देखिन्छ । यात्राको लागि पनि राम्रै दिन रहेको देखिन्छ । खानपिन राम्रै हुनेछ ।

Libra: तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): तपाईको धन राम्रै काममा खर्च हुने समय आएको छ । सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ । नतिजा थोरै मात्र तपाइको साथमा छ ।

Scorpio: वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
 कुनै पनि कामको तत्काल नतिजा खोज्नु त्यति राम्रो रहेको देखिन्न । तपाईको आफ्नै मित्र संग चर्को विवाद पर्न सक्ने खालको दिन रहेको देखिन्छ ।

Sagittarius: धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
 तपाईको लागि एकदम राम्रो समय आएको देखिन्छ । पुराना काम सजिलै सम्पन्न हुनेछन् । नयाँ कामबाट राम्रो आर्थिक लाभ हुने खालको समय रहेको देखिन्छ ।

Capricorn: मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
 मनले सोचे विपरित काम बन्ने खालको समय रहेको भने देखिन्न । धार्मिक कार्यमा सहभागी हुनु पर्ने खालको समय रहेको देखिन्छ । साहित्य सिर्जनामा रुची बढ्ने खालको समय रहेको देखिन्छ ।

Aquarius: कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
 त्यति भरपर्दो समय रहेको देखिन्न । केहि नयाँ काम गरि हाल्ने वातावरण बन्न अलि कठिन रहेको देखिन्छ । सोचेको विपरित काम हुनाले मन अलि खिन्न हुने देखिन्छ ।

Pisces: मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समय सन्तोषजनक रहेको देखिन्छ । आफन्तबाट राम्रो सहयोग मिल्ने देखिन्छ । तपाईको लागि एकदम प्रगति हुने समय रहेको देखिन्छ ।

आजको राशिले जे जस्तो बताए पनि तपाइहरुको दिन पुर्ण रुपमा सफल बितोस भनि कामना गर्दछौ