मिस लिम्बुमा २९ जना
![]() |
पहिलो पटक हुन लागेको मिस लिम्बुमा २९ जना युवतीबीच प्रतिस्पर्धा हुने भएको छ। याक्थुङ युथ एसोसिएसनको आयोजनामा आगामी असोज ५ गते राजधानीको प्रज्ञा प्रतिष्ठानमा हुने यो प्रतियोगिताका सहभागीहरू विगत दुई सातादेखि प्रशिक्षणमा व्यस्त छन्। धरान अडिसनबाट छानिएका ११ तथा काठमाडौं अडिसनबाट छानिएका १८ जना युवती मिस लिम्बुको ताज जित्न प्रशिक्षण लिइरहेका छन्। २९ प्रतिस्पर्धीमध्ये ताप्लेजुङ जिल्लाका निलिमा मादेन, सुमना लुङखीम्बा, रूपा आङवुहाङ, सुष्मा यक्सो, सञ्जु पालुङवा, पवित्रा फेम्सोहाङ तथा निशा पोमु छन्। पाँचथरबाट मुस्कान नेम्बाङ, बिना लक्सम, झापाबाट सुष्मा तुम्वापो, कृष्टीना सम्वाहाम्फे, सिता लोरिङदेन तथा दीपा आङदम्बेले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा काठमाडौंका रासनी नाल्वो, सपना थेबे, विशु योङहाङ, सुनसरीका एलिना थलङ, प्रमिला बखिम, शान्ति माङयक, डा. एलिशा वनेम, विन्दीया साम्सोहाङ, शोभा साँबा, सन्जिता सङयोक्पा पनि सहभागी हुँदैछन्। मोरङबाट अनिता तुम्वापो र पुनम योङहाङले प्रतिस्पर्धा गर्दैछन् भने तेह्रथुमबाट ज्योति खापुङ र रेश्मा सम्वाहाम्फेले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा धनकुटाबाट जयन्ती चेम्जोङ तथा संखुवासभाबाट रेखा फागोले पनि भाग लिएका छन्। प्रतिस्पर्धीमध्ये प्रमिला र मुस्कान हाल सिंगापुरमा बसोबास गर्छन् भने बिन्दीया बेलायत निवासी हुन्। एलिसा पेसाले डाक्टर हुन भने निलिमा फेशन डिजाइनर हुन्। अहिले कोरियोग्राफर कला सुव्वा, संचारकर्मी सुलोचना थिङ, भाषाविद् यासेली योङहाङ, युवा व्यवसायी अमर लावती, भिजे विवेक खतिवडा आदिले प्रतिस्पर्धीहरूलाई विविध विधामा प्रशिक्षण दिइरहेका छन्।
![]() |