किन खुकुलो लागेको होला ?


म एक अविवाहित युवक हुँ। मेरी एक गर्लफ्रेन्ड पनि छिन्। मैले गर्लफ्रेन्डसँग यौनसम्पर्क गरिसकें। मलाई उनको योनि खुकुलो भएजस्तो लाग्छ  र आनन्द पनि महसुस गर्दिनँ तर उनी भने आनन्द मान्छिन्। यो के भएको हो ? कि मैले गर्लफ्रेन्डलाई पहिलोपल्ट सेक्स नगरेर हो ? उनको  योनिबाट धेरै पानी आउँछ, यस्तो के कारणले हुन्छ ?  

६५३५

किन खुकुलो लागेको होला ? 

व्यक्तिअनुसार लिङ्ग वा योनिको नाप र आकारमा प्रशस्त भिन्नता हुन्छ। ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वगीर् करण गरेका छन्। उनले लिङ्गको नापअनुसार खरायो, वृष (साँढे) तथा अश्व (घोडा) र योनिको गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर  तीन-तीन वर्गमा विभाजित गरेका छन्। वात्सायनका अनुसार खरायो पुरुषको मृगी, साँढेको घोडी तथा घोडाको हस्तिनीसँगको मिलन समान  अर्थात् 'समरत' मानिन्छ। त्यसबाहेक अन्य यौनसम्पर्कलाई 'विषमरत' भनिन्छ। विषमरतमा पनि पुरुषको लिङ्गको नाप नारी योनिको भन्दा ठूलो  भएको स्थितिमा 'उच्चरत' भनिन्छ भने सानो भए 'निचरत'। तपाईंले आफ्नो लिङ्गको नापका बारेमा केही लेख्नुभएको छैन, तर सामान्यतः उत्ते जित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ -धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५) इन्चको हुन्छ। लिङ्ग सानो कि योनि  खुकुलो भन्न सकिएन, तर बुझ्नुपर्ने कुरा के भने योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्कन सक्ने गुण भएको नली आकारको  अङ्ग हो, जसको सामान्यतः लम्बाइ ३ देखि ४ इन्च हुन्छ। सामान्य अवस्थामा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएको अवस्थामा हुन्छन्, तर  लिङ्ग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ।  

यौन उत्तेजना हुँदा धेरै पानी अर्थात् योनिरस आएर अत्यधिक चिप्लो हुँदा खुकुलोपनको महसुस हुन्छ। अत्यधिक हुँदा अलिकति पुछेर यौन  सम्पर्क गर्दा हुन्छ, तर योनिलाई सुख्खा नै पार्नु बुद्धिमानी हुँदैन। 

के पहिलो यौनसम्पर्क गर्न पाइए मात्र यौनआनन्द पाइन्छ ?

यो सत्य कुरा होइन। पहिलो यौनसम्पर्क गरेको स्थितिमा मात्र सन्तुष्टि पाइन्छ भन्ने कुरा तपाईंलाई किन लाग्यो भन्न सकिएन। त्यसो हुँदो हो  त दोस्रो विवाह गर्दा होस् वा विवाहेत्तर सम्बन्ध होस् वा यौनकर्मीसँगको सम्बन्ध होस् कुनै व्यक्तिले यौन आनन्द प्राप्त गर्ने नै थिएनन्। 

समाधानका लागि यौनसम्पर्क गरिने आसनमा विविधता ल्याएर त्यसलाई सुधार्न सकिन्छ। योनि खुकुलो लागेको स्थितिमा विशेष गरेर जाँघ  फैलाइएको स्थितिभन्दा नजिक ल्याइएको स्थिति सहयोगी हुन सक्छ। लिङ्गलाई ठूलो वा लामो बनाउने विभिन्न उपाय प्रयोग गरिएको पाइन्छ।  तपाईंले त्यसका बारेमा कुनै कुरा नलेख्नुभएकाले चर्चा गर्नु मनासिव लागेन, तर योनिको खुकुलोपनका बारेमा केही कुरा भनौं। योनि मांसपे शीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग हो। एकछिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो  भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुलो हुन्छ र ? पक्कै हुँदैन। कुरा जे भए पनि योनिको मांसपेशीलाई कडा  राख्ने विभिन्न उपाय छन्। 

योनि कसिलो बनाउन के गर्न सकिन्छ ? 

यौनाङ्ग क्षेत्रको मांशपेशीलाई बलियो बनाउन गरिने कसरतलाई नै केगेल (Kegel) कसरत भनिन्छ। योनिमा औंला पसाई औंलालाई अँठयाउने  अर्थात् खुम्च्याउँदा उक्त मांसपेशीलाई तपाई वा तपाईंकी केटी साथीले महसुस गर्न सक्नुहुन्छ। उक्त मांसपेशीको पहिचानपछि औंला नपसाई  पनि खुम्च्याउन सकिन्छ। सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने। बिस्तारै यसलाई बढाएर ५  सेकेन्डसम्म पुर्‍याउनुपर्छ। बिस्तारै अझ बढाएर १० देखि १५ पटकसम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने। यो क्रम बढाउँदै दिनभरिमा  यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्‍याउनुपर्छ। यसरी ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाह पाउने गरी केही फरक देखिन्छ। यो मांसपे शी संकुचित गरेर यौनसम्पर्कका बेला लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ। यसले तपाइर्ंलाई मात्र होइन, तपाईंकी यौनसाथीलाई पनि  यौनसुख प्राप्त गर्न मद्दत मिल्छ।

यसका लागि चिकित्सा क्षेत्रमा निश्चित तौलका योनि कोन (भेजिनल कोन, vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई अड्काइराख्न भनिन्छ, जसले गर्दा यौनाङ्ग मांसपेशी बलियो होस्। त्यसैगरी विद्युतीय उत्तेजना (electric stimulation) अर्थात् योनिमा एक  किसिमको यन्त्र (probe) राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरेर यौनाङ्ग क्षेत्र (pelvic floor) का मांसपेशीलाई खुम्चन र खुकुलो हुन  उत्तेजित पारिन्छ। अनि Neocontrol व्यापारिक नाम भएको यो साधन एक विशेष किसिमको कुर्सी हो। विशेष किसिमले चुम्बकीय क्षेत्रको  प्रयोग गरेर यौनाङ्ग क्षेत्रको मांसपेशीलाई उत्तेजित पारिन्छ। यो उपचार सामान्यतः २० देखि ३० मिनेटका लागि साताको दुई पटक यस्तै आठ  साताका लागि गरिन्छ। योनि खुकुलोपनको समस्या अति नै छ भने vaginoplasty (भेजिनोप्लास्टी) शल्यचिकित्सा पनि गर्नुपर्ने हुन सक्छ।   यस्ता शल्य चिकित्सालाई सामान्यतः अन्तिम उपायका रुपमा लिइन्छ। अचेल त यसमा लेजर प्रविधिको पनि प्रयोग हुन थालेको छ।

आनन्द अरूले दिन्छन् कि आफूले पाउने हो ? 

यौन आनन्द पाउने तपाईंले हो, तपाईंको यौनसाथीले तपाईंलाई उक्त कुरा प्राप्तिका लागि सहयोग मात्र गर्छन्। कतिपय व्यक्तिले अरूलाई दोष  दिन्छन्, जुन मनासिब होइन। यहाँ तपाईं आफ्नो यौनसाथी अर्थात् गर्लफ्रेन्डले यौन सुख प्राप्त गरिन् भन्ने कुराले खुसी देखिनु हुन्न। कतै ईष्यार् को गन्ध पनि पाइन्छ। यस्ता कुराले तपाईको यौन जीवनलाई सुखमय बनाउँदैन। गर्लफ्रेन्ड भने पनि सम्बन्ध कस्तो हो, थाहा भएन। प्रेममय  सम्बन्धमा त आफ्नी प्रेमिकाले सुख पाएकोमा खुसी नै हुनुपर्ने हो। कतै पहिलो यौन  सम्पर्क नराखेकाले त होइन भन्ने कुरा उठाउनु र यो निको खुकुलोपनको कुरालाई जोड्ने हो भने तपाईले शंका गर्नुभएको आभास पनि पाइन्छ। तपाईंलाई थाहा भएकै हुनुपर्छ, कुनै पनि व्यक्तिको  यौन उत्तेजनालाई निरन्तरता दिँदै चरमसुखको स्थितिसम्म पुर्‍याउन सकिएको स्थितिमा स्वर्गीय यौन सुख प्राप्त हुन्छ। 

जटिल र अनावश्यक शंका-उपशंकाभन्दा सजिलो समाधान खोजेर आफ्नो यथार्थलाई स्वीकार्दै बाँच्नेहरूले सुखमय जीवनयापन गर्न सक्छन् र  यो कुरा यौनसुखको सन्दर्भमा पनि लागू हुन्छ। कुनै समस्या छ जस्तो लाग्छ भने आपसमा कुराकानी गर्दै समाधान गर्नु बुद्धिमानी हुन्छ।