विशेष समिति बैठकमा भ्रष्टाचार छानविनको माग
![]() |
काठमाडौ, भाद्र १८ - माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समिति को बैठकमा शिविरमा भएको भ्रष्टचारको छानविनको आवाज उठेको छ । एमाओवादी पार्टीले समेत आन्तरिक रुपमा छानविन थालेकोले समितिले पनि छानविन गर्नुपर्ने माग उठेको हो ।
सोमबार बसेको बैठकमा समिति सदस्य एंव कांग्रेस नेता रामशरण महतले शिविरमाथि विशेष समिति को नियन्त्रण रहेकाले त्यहाँ भएको भ्रष्टाचारका लागि नैतिक रुपमा समितिमाथि पनि प्रश्न उठ्न उल्लेख गरे । उनले बैठकमा शिविर भित्र भएको भ्रष्टचारको समितिले छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरे । उनको मागमा एमाओवादी बाहेकका समिति सदस्यहरुले समर्थन जनाएका थिए ।
'एमाओवादी स्वंयले शिविरमा भ्रष्टाचारको आशंकामा छानविन सुरु गरेको छ,'बैठकपछि महतले भने 'भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा समितिमाथि पनि नैतिक प्रश्न उठ्छ ।'
बैठकले भदौ २१ गतेदेखि सुरु हुने भर्ना प्रक्रियाका लागि अवकासमा जाने लडाकुलाई एकमुष्ट रकम दिने निर्णय गरेको छ । तत्काल बजेट अभाव भएकाले कात्तिक १५ मा एकमुष्ट रकम दिने निर्णय भएको छ । यसअछि स्वेच्छिक अवकास रोजेकालाई दुई किस्तामा रकम उपलब्ध गराइएको थियो । दर्जा अनुसार ५ देखि ८ लाख रकम अवकास रोज्ने लडाकुलाई दिइएको छ । यसअघि अवकासमा गएकालाई पनि दोस्रो किस्ताको रकम कात्तिक १५ मा नै दिइने छ ।.jpg)
.jpg)
![]() |