रोकियो सेक्स पार्टी
![]() |
कुनै कार्यक्रममा निम्ता गर्न मानिसलाई चिठी लेख्ने चलन हराइसक्यो। निम्तालुलाई इमेलमा सीसी गर्नु पनि झन्झट, फोन गर्नु पनि खर्चमात्रै, एसएमएस पनि पुरानो कुरा भैसक्यो। प्रविधिको बढ्दो गुणात्मक विकासले सबैलाई पछि पारेको छ। अहिले सामाजिक साइटमार्फत नै कुनै इभेन्ट क्रिएट गरेपछि कुरै सकिन्छ। त्यसका लागि फेसबुक सजिलो माध्यम भएको छ। कुनै कार्यक्रम आयोजना गर्ने हो भने फेसबुकमा गएर इभेन्टसम्बन्धी पेज बनाएर आफन्त एवं साथीभाइहरूलाई कार्यक्रममा निम्त्याउन सकिन्छ। यो कोर्स सजिलो पनि छ। त्यसैले हिजोआज धेरैले साथीभाइ तथा आफन्तलाई निम्तो बाँड्न फेसबुकमा छुट्टै पेज बनाएका हुन्छन्। गोप्य रूपमा निम्तो बाँड्ने कि खुल्ला ? इभेन्ट गर्नेको हातमा हुन्छ। यस्ता इभेन्टमा आयोजकले आफ्ना कार्यक्रमको उद्देश्यअनुरूपको सूचना र कार्यक्रमको समग्र जानकारी राख्छन्। त्यसपश्चात् आफ्ना सम्भावित आमन्त्रितहरूलाई इभेन्टमा सहभागी हुन निम्तो दिन्छन्।
त्यसमा जाने-नजाने निम्तो प्रापकमा भर पर्छ। फेसबुकले इभेन्टमा दर्ता भएकाहरू सबैलाई अटोमेटिक निम्तोको जानकारी बाँड्ने काम गर्छ। त्यसैले यो पेज महत्वपूर्ण छ कार्यक्रम आयोजकहरूका लागि एक व्यक्तिले यस्तै खाले इभेन्ट फेसबुकमा बनाए तर विल्कुल नयाँ खाले कार्यक्रमका साथ। न त सौन्दर्य प्रतियोगिता, नत डान्स पार्टी, नत कुनै सांस्कृतिक कार्यक्रम। विल्कुल फरक किसिमको निम्तो बाँडेका थिए उनले। उनले आफ्नो फेसबुकको इभेन्टमा बुङ्गा-बुङ्गा अर्थात् सेक्स पार्टीको निम्तो बाँडे। त्यसैले उनी अहिले प्रहरीको खोरमा छन्। सामाजिक साइटमा खुल्ला रूपमा अश्लील गतिविधि गरेकाले उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ। गत सोमबार आफ्नो फेसबुकको इभेन्ट पेजमा यौन पार्टीमा सहभागी हुन उनले सूचना जारी गरेका थिए।
उनले त्यसमा सहभागी हुनेहरूलाई विश्वको कुनै गोप्य स्थानमा निम्त्याइने उल्लेख गरेका छन्। इच्छुक सबैलाई त्यसमा सरिक हुन प्लेन भाडासहित २ हजार युरो नगद तोकिएको छ। यदि प्लेन भाडा आफैंले बेहोर्ने हो भने ७ सय युरोमा सहभागी हुन पाइने फेसबुक सूचनामा बताइएको छ। सामाजिक साइटमार्फत कसैले यस्ता खाले इभेन्ट घोषणा गरेकै भरमा ठूलो रकम तिरेर सहभागिता जनाउने सम्भावना कमै हुन्छ। यसबाहेक एसियन गर्ल भनेर त आउलान तर त्यसको पनि सम्भावना झिनो छ। यद्यपि ती व्यक्तिले आफ्नो फेसबुकको इभेन्टमा बुङ्गा-बुङ्गा अर्थात् सेक्स पार्टीको निम्तो बाँडेको भनेर प्रहरीले उनलाई पक्राउ गरेको छ। यसरी सार्वजनिक रूपमा अश्लील कार्य गर्नुलाई गैरकानुनी मानिन्छ। सामाजिक सञ्जाल साइट फेसबुकमा बुङ्गा-बुङ्गा नामको सेक्स पार्टी गर्ने सूचना राख्ने व्यक्ति कुनै विदेशी नभै नेपाली नागरिकनै हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार मोरङ जिल्ला हनुमान मन्दिर टोल, विराटनगर-६ स्थायी ठेगाना भै हाल कुमारीगाल (नयाँ बस्ती) बस्ने किर्तन पोखरेल (४०) अहिले यही सिलसिलामा आवश्यक अनुसन्धान र कारबाहीका लागि हनुमानढोकामा छन्। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही चलाइने भएको छ। प्रहरीले पोखरेलमाथि यस्तो गैरकानुनी इभेन्टको आयोजना गर्न लागेको अतिरिक्त अन्य आरोपहरू पनि लगाएको छ। उनले फेसबुकमा कृशी कृशको नामबाट बुङ्गा-बुङ्गा इभेन्टको खाका बनाएको बताइन्छ। उक्त पार्टीमा १० दे खि १७ वर्ष उमेरका किशोरीहरू समावेश गरी उनीहरूबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने व्यक्तिका लागि २ हजार युरो खर्च लाग्ने सूचना प्रवाह गरेको सीबीआईले बताएको छ। यसबाहेक पोखरेल अन्तर्राष्ट्रिय रूपमा यौन पयर्टनमा संलग्न रहेको साथै उनका इमेलहरूबाट आर्थिक लाभका लागि नग्न तस्बिरहरू आदान-प्रदान गरेको आरोप पनि प्रहरीको छ।
प्रहरीले उनलाई कुमारीगालबाट गत शुक्रबार नै पक्राउ गरेको र विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ। यो अभियोग प्रमाणित भए विद्युतीय कारोबार ऐनअन्तर्गत १ वर्ष कैद र ५ लाखसम्म जरिवाना हुनसक्छ। पोख्रेल पक्राउ परेपछि यो घटनाले फेसबुकमा जे पायो त्यही इभेन्ट बनाउँदै हिँड्ने वा जथाभावी कमेन्ट गर्नेहरूलाई झकझक्याएको छ।
के हो बुङ्गा-बुङ्गा
यस्तो पार्टीलाई कसैले बुङ्गा वा कसैले बुङ्गो पनि भन्ने गरेको पाइन्छ। सुन्दा अनौठो लाग्ने यो शब्दको खास अर्थ यौन पार्टी हो। यस्तो पाटीर् मा सहभागीहरूबीच खुल्ला यौन सम्बन्ध स्थापित गरिन्छ। बुङ्गा-बुङ्गा शब्द एकताका अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा थियो। इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बोर्लुस्कोनीको यौन जीवनसँग जोडिएर यो शब्दमा समाचारमा आएको थियो। विशेषतः यसको चलन र प्रयोग इटालीमा बढी पाइन्छ। बोर्लुस्कोनीको यस्तै पार्टीले यो शब्दलाई स्थापित गरेको हो जसमा कम उमेरका केटीहरू सहभागी हुन्थे।
प्रहरीको वक्तव्य
अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल फेसबुकमा Krishi Krish को नामबाट जिल्ला मोरङ हनुमान मन्दिर टोल-६ विराटनगर स्थायी ठेगाना भै हाल काजिकामनपा, कुमारीगाल (नयाँ बस्ती) बस्ने वर्ष ४० को किर्तन पोखरेलले 'Bunga Bunga' Event create गरि सोमार्फत 'Bunga Bunga' नामक पार्टी आयोजना गर्ने, पार्टीमा १० देखि १७ वर्ष उमेरका किशोरीहरू समावेश गरी निजहरूबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने व्यक्तिहरूका लागि २००० (दुई हजार) युरो खर्च लाग्ने भन्ने सूचना प्रवाह गरेको देखिएको। सो Event लाई केही फेसबुक प्रयोगकर्ताले Like गरेको पाइएको। साथै निज किर्तन पोखरेलले २० भन्दा बढी email address प्रयोग गरी Internet सुविधाको दुरुपयोग गर्दै फेसबुकमा Fake Event राखी रकम उठाइ अन्तर्राष्ट्रिय संगठित अपराध गर्न सक्ने तथा फेसबुकमा Create गरेको Event बाट अन्तर्राष्ट्रिय रूपमा निज Sexul Exlpoitation -Sex Tourism गर्ने कार्यमा संलग्न रहेको एवं आर्थिक लाभका लागि निजले प्रयोग गरेका Email Address हरूमार्फत नग्न तस्बिरहरू आदान-प्रदान गर्ने गरेको आधारमा मिति २० ६९/०५/०८ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निज किर्तन पोखरेललाई काजिकामनपा-६, कुमारीगाल इलाकाबाट पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ।
![]() |