कतारमा खुला लोक दोहोरी गीत प्रतियोगिता हुने
![]() |
बुधबल गुरुङ
दोहा । नेपालीहरुको लागि बैदेशिक
रोजगारीको एक प्रमुख गन्तब्य कतारमा यस बर्ष खुल्ला लोक दोहोरी गीत
प्रतियोगिता हुने भएको छ । मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईल अल अधा
(बक्री ईद) को अवसर पारेर तमू (गुरुङ ) समाज कतारको संरक्षकत्वमा स्थापित
तमू सांस्कृतिक परिवार कतारले सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।
तमू समाज कतारका अध्यक्ष बिमल गुरुङको
संयोजकत्वमा कार्यक्रम आयोजक समिति गठन गरिएको कुरा तमू सांस्कृतिक परिवार
कतारका अध्यक्ष टक प्रसाद गुरुङले बताएका छन् । उनका अनुसार विभिन्न छनौट
चरणहरु पार गर्दै अन्तिम ग्राण्ड फिनालेमा हुने विजेतालाई उत्कृष्ट लोक
दोहोरी समुह २०१२ कतारको उपाधि र पुरस्काले पुरस्कृत गरिने छ । साथै
ग्राण्ड फिनालेमा पुग्न सफल प्रतियोगि समुहहरुले नेपालबाट आमन्त्रित ख्याति
प्राप्त राष्ट्रिय लोक दोहोरी गायक गायिकाहरुसंग दोहोरी गीत गाउनु पर्ने
नियम बनाईएको पनि बताए ।
खुल्ला नृत्य प्रतियोगिता, गैर आवासिय
नेपाली तारा जस्ता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरि सकेको यस
सांस्कृतिक समूहले अहिले आयोजना गर्न गईरहेको यो कार्यक्रमले कतारवासी लोक
दोहोरी गीतका पारखीहरुलाई भरपुर मनोरन्जन दिन सक्नेमा आयोजक विश्वस्त रहेको
आयोजक समितिका संयोजक तथा तमू -गुरुङ) समाज कतारका अध्यक्ष बिमल गुरुङले
बताएका छन् । उनले दिएको जानकारी अनुसार यस कार्यक्रमको प्रकृयागत नियमहरु र
कार्यक्रमको रुपरेखाको बारेमा प्रतियोगितामा सहभागि हुन चाहने समूहहरु एवं
कतारवासी नेपालीहरुलाई जानकारी गराउने उद्धेश्यले आगामी सेप्टेम्बर ७
तारिख २०१२ शुक्रबारका दिन दोहा स्थित क्यापिटल होटलको सभाहलमा दिनको १२
बजे भेटघाट तथा जानकारी कार्यक्रमको आयोजना गरिएको छ ।
सो कार्यक्रममा उपििस्थत हुन कतारमा
कार्यरत पत्रकारहरु तथा कतारवासी नेपालीहरुलाई आयोजक समितिले अनुरोध समेत
गरेको छ । थकाली भान्सा घरका प्रबन्ध निर्देशक हरी पुन तथा प्रकाश गुरुङको
प्रमुख प्रायोजनमा हुने यस कार्यक्रमको सूचना कतारबाट प्रकाशित हुने
राजधानी र कान्तिपुर पत्रिकामा निरन्तर रुपमा दिने पनि आयोजकले जनाएको छ ।
-onlinekhabar
![]() |