जनताले सडक कब्जा गर्नुको विकल्प छैन: गजुरेल
![]() |
१८ भदौ, काठमाण्डौ । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री डा वावुराम भट्टराईले राजीनामा दिएर सहमतिका लागि वाटो खुला नगरे जनताले सडक कब्जा गर्नुको विकल्प नरहेको वताउनुभएको छ । उहाँले गतिरोध अन्त्यका लागि राष्ट्रपतिले ठोस पहलकदमी नलिने र प्रधानमन्त्री गैर जिम्मेवार भइरहे जनताले सकड कब्जा गर्नुको विकल्प नरहेको वताउनुभयो । गजुरेलले पछिल्ला गतिविधिप्रति राष्ट्रपति निरिह देखिएकोप्रति चिन्ता व्यक्त गर्नु भयो ।
राजधानीमा सोमवार आयोजित साक्षात्कारमा गजुरेलले प्रधानमन्त्री भट्टराई प्रधानमन्त्री पदमा कायम रहेसम्म दलहरुवीच सहमति बन्न नसक्ने ठोकुवा समेत गर्नु भयो । गजुरेलले भन्नुभयो-’बाबुराम भट्टराई प्रधानमन्त्री रहुन्जेल सहमति बन्नै सक्दैन । प्रधानमन्त्रीको राजिनामा हाम्रो पहिलो सर्त हो । उहाँ अब पदमा रहनु हुन्न । ‘ उहाँले दलहरुवीच सहमति पनि नहुने, बाबुराम भट्टराईले राजीनामा पनि नदिने हो भने अर्को जनआन्दोलनको विकल्प नभएको स्पष्ट पार्नु भयो । तत्कालिन नेकपा माओवादीले तय गरेको चालिस बुँदामा ३० बुदाँ जती थपेर ७० बुँदे माग सार्वजनिक गरेर आन्दोलनमा होमिने तयारी भईरहेको उपाध्यक्ष गजुरेलले खुलासा गर्नु भयो । उहाँले भन्नुभयो,’ ७० बुँदे माग पुरा नभए आन्दोलनमा जान्छौँ । तर हाम्रो आन्दोलन शान्तिपुर्ण हुन्छ । अहिले नै जनसरकार ब्यूतिन सम्भव छैन । त्यो पछिको कुरा हो । ‘
तीन दलले मात्रै राजनीतिक निकास दिन नसक्ने भन्दै गजुरेलले तीन दलका नेताहरु देशका सबैभन्दा असफल पात्र भईसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,’-संविधान जारी हुन नदिई, संविधानसभाको हत्या गरेर मुलुकलाई भुमरीमा फसाउनेबाट मुलुकले निकास पाउन सक्दैन । त्यसैले तीन दलिय सेण्डिकेटबाट कुनै आशा छैन । ‘ उहाँले बर्तमान राजनीतिको निकासका दुई विकल्प संविधानसभाको पुनःस्थापना वा निर्वाचन कुनै पनि विषयमा जान गोलमेच सम्मेलनमार्फत राजनीतिक सहमति कायम गर्नु पर्ने आवश्यकता औल्याउँदै तीन दलको सेण्डिकेटले गर्ने सहमति नमान्ने स्पष्ट पार्नु भयो ।
साक्षात्कारमा एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी प्रसाद सापकोटाले संविधानका विवादित अन्तर्बस्तुमा सहमति नभएसम्म प्रधानमन्त्रीले पदत्याग नगर्ने स्पष्ट पार्नु भयो । उहाँले राजनीतिक निकासको उपाय नपहिल्याई सरकार परिवर्तनको मुद्दालाई प्राथमिकतमा राख्नु नै सहमतिकेा बाधाक भएको भन्दै संविधानका विवादित विषयमा सहमति जुटे संविधानसभा पुनःस्थापना गर्न सकिने स्पष्ट पार्नु भयो । सहमति विना संविधानसभाको पुनःस्थापना र निर्वाचनले मुलुकमा धु्रविकरण बढाउने भन्दै सापकोटाले त्यस्तो अवस्थामा मुलुकको लगाम दलहरुको हातबाट खुस्कीने चेतावनी दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराईले मुलुकलाई राजनीतिक दुष्चक्रबाट निकाल्ने एक मात्र उपाय राष्ट्रपति भएको भन्दै राष्ट्रपतिसँग सकारात्मक हस्तक्षेपकोलागी आब्हान गर्नु भयो । उहाँले राष्ट्रपतिले प्रधानमन्त्रीलाई सहमतिको लागि एक साताको समय दिदै सकारात्मक हस्तक्षेप गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले भन्नुभयोे-’अपरेसन थिएटरमा अप्रेसन हुँदा हुँदै लाईन गए ईमरजेन्सी लाईट आफै बल्छ । मुलुक संकटमा परेको बेला राष्ट्रपति पनि त्यही लाईट हो । ‘
नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले बर्तमान सरकारको बहिर्गमनसँगै सहमतिको सरकार गठन नै मुलुकमा जारी राजनीति र संबैधानिक संकटबाट निकासको प्रस्थान विन्दु हुने बताउनुभयो । उहाँले गतिरोध अन्त्यकोलागी पहिला प्रधानमन्त्रीको राजिनामा त्यसपछि सहमतिको सरकार गठन गरेर जेठ २ गते दलहरुवीच भएकेा सहमतिकेा आधारमा संघीयताको विवाद टुङग्याएर संविधानको मस्यौदा तयार पार्नु पर्ने उपाय औल्याउनुभयो । ज्ञवालीलेसंघियताको विवाद टुङग्याउने गरी विधीको निर्माण गरेर जेठ २ कै सहमति अनुसार ३३७ सदस्यीय प्रतिनिधि सभा र राज्य सभाको निर्वाचन गरेर केही समय संविधानसभा र बाँकी समय संसदको भूमिका निर्वाह गर्ने गरी निकास खोजिनु पर्ने वताउनभुयो ।
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकास चन्द्र लोहनीले प्रधानमन्त्री सत्ता कब्जा गर्ने अभियानमा भएको भन्दै आंशिक रुपमा सत्ता कब्जा नै गरिसकेको ठोकुवा गर्नु भयो । दलहरुवीच तत्काल सहमति बन्न नसके कार्तिक मसान्तसम्ममा मुलुक ठूलो दुष्चक्रममा फस्ने चेतावनी दिदै उहाँले सहमति भए निर्वाचन वा संविधानसभाको पुनःस्थापना दुबै विकल्पमा जान सकिने स्पष्ट पार्नु भयो ।

![]() |