मेरो रुप संग माया लाउने आए कति कति ।



मेरो रुप संग माया लाउने आए कति कति ।
यो जवानि मन पराउने आए कति कति ।

जम्दार कि छोरि पो हु ,बाटुलि हो नाउ।
जुन तारा झारि दिंछु भन्ने आए कति ।

चाल मेरो नागबेलि ,बारुले छ कम्मर।
अप्सरा झै सजाइ राख्छु भन्ने आए कति ।

चंद्र रुपि मुहार मेरो,कल्कलाउदो बैश।
संपतिले पुरि दिंछु भन्ने आए कति ।

गाजालु यि नयन मेरो,कोइलि जस्तै भाका।
तिमि बिना मरिदिंछु भन्ने आए कति।

दीपक प्रताप थापा
लम्जुंग नेपाल