गृहपृष्ठ
समाचार
यौन
स्वाथ्य
मनोरन्जन
प्रबिधि
प्रबास
भिडियो
साहित्य
राशिफल
फिल्म
खेलकुद समाचार
बिज्ञापन
सम्पर्क
अनुभव
,
समाचार
,
समाज
» छोडपत्र, विदेश जानेहरूकै बढी
छोडपत्र, विदेश जानेहरूकै बढी
अन्तर्राष्ट्रिय श्रम बजारमा निर्भर रहेर धेरै नेपालीले मुलुकमा प्रशस्तै 'रेमिटान्स' भित्र्याएका छन्। तथ्यांकअनुसार वैदेशिक रोजगारले मुलुकको समग्र अर्थतन्त्रमा १५ प्रतिशतभन्दा माथि योगदान गरेको छ। नेपाली युवा एकातिर आर्थिक रूपमा सबल भए पनि अर्कातर्फ पारिवारिक विखण्डनको सिकार हुन बाध्य छन्।
परदेशबाट फुरुङ्ग हुँदै घर फर्किएका पूर्णबहादुरको तीन दिन नबित्दै सपना चकनाचुर भयो। वर्षौंपछि भेट भएकी श्रीमती हँसमुख देखिनु त कता हो कता, उल्टै परपुरुषसँग 'सल्किएको' पाएपछि उनी स्तब्ध भए। दुई-चार वर्ष खाडी मुलुकमा श्रम गरेर धन आर्जन गरे पनि जीवनसंगिनीले अर्कैसँग 'चाउरे पिरती' गाँसेपछि विरक्तिएर भौंतारिन बाध्य भए पूर्णबहादुर। 'श्रीमतीलाई सुखसयलमै राखेको थिएँ,' प्रहरीमा पत्नीको हुलिया जाहेरी दिन आएका पूर्णबहादुरले भने- 'उसले (श्रीमती) मेरो लटिपटी पारेर गै, असुल गरेरै छाड्छु।'
वैशाखयता भएका योसमेत तीनवटा घटनाले स्थानीय स्तरमा खैलाबैला मच्चायो। दाजु बिदेसिएको मौका छोपी एक व्यक्तिले एकाघरकी भाउजूलाई भगाए। यता सोही गाउँमा चार वर्षदेखि श्रीमान् विदेश रहेकै बेला एक महिलाले पुत्रलाभ गरेर छरछिमेकलाई चकित तुल्याइन्। ४० वर्षीया महिलाले दमक बस्ने युवकसँगको सम्बन्धबाट शिशु जन्मिएको स्वीकार गरेपछि उनलाई सम्बन्धित पुरुषको जिम्मा लगाइयो।
यस्तै मिलन बहराइन गएका मात्र के थिए, यता छिमेकी दयारामले उनकी श्रीमती मीनासँग 'हिमचिम' बढाउन सुरु गरे। तीनवर्षे काखकी छोरीलाई समेत त्यागेर मीनाले बहुविवाह गरे पनि मिलन प्रहरीको सहयोगमा श्रीमतीले हिनामिना गरेको गरगहना र रकमबापतको १ लाख ६० हजार नगद असुल्न सफल भए। पीडितका एक आफन्तका अनुसार उनीहरू यौन आवश्यकता पूर्तिका लागि नजिकिएका थिए, विवाह नै गर्ने मुडचाहिँ थिएन। यद्यपि अनैतिक सम्बन्ध गाउँभरि फैलिएपछि बाध्य भै २२ वर्षीय दाहालले आफूभन्दा ८ वर्ष जेठी मीनालाई श्रीमती स्वीकार गरे।
यति बेला दिनहुँजसो स्थानीय प्रहरी कार्यालयमा श्रीमान् श्रीमतीका संयोगान्त क्षण टुङ्गिएका घटनाले सनसनी मच्चाइरहेको छ। प्रहरीका अनुसार वैदेशिक रोजगारीमा गएका युवा सबैभन्दा बढी श्रीमतीबाटै प्रताडित हुने गरेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक डम्बर आचार्यका अनुसार अब त 'डिभोर्स' पनि सामान्य हुन थालेको छ।
मोरङ जिल्ला अदालतमा आर्थिक वर्ष ०६७/६८ को साउन १ गतेदेखि असार २३ गतेसम्म २ सय ८१ वटा सम्बन्ध-विच्छेदका मुद्दा दर्ता भएका छन्। जसमा ६० प्रतिशत भन्दा बढी विदेशबाट फर्किएका व्यक्तिले श्रीमतीसँग पारपाचुके गर्न निवेदन दिएका छन्। यस्तै अन्य सम्बन्ध -विच्छेदका घटना यौन दुर्बलता, घरेलु यातना आदि कारणले दर्ता भएका छन्।
आर्थिक वर्ष ०६७/०६८ मा ५३ वटा छोडपत्रका मुद्दा फस्र्योट हुन बाँकी रहेको अदालतका स्रेस्तादार भीष्मराज प्रसाईले बताए। यसअघि ० ६६/६७ मा २ सय ६ वटा सम्बन्ध-विच्छेदका मुद्दा परेका र ६० वटाको छिनोफानो हुन बाँकी रहेको पनि जानकारी दिए।
(यो समाचारमा वास्तविक पात्रहरूको नाम परविर्तत गरिएको छ।)
मिलन के राउत/सन्तोष राई
नेपाली समय
ताजा खबर
धेरै पढिएका खबर
स्विमिङ पुलमा सुन्दरीको क्याटवाक (फोटो फिचरसहित)
पहाडकी रानी पाल्पा (फोटो फिचर)
माओवादीले जनतालाई ढाँट्योः ओली
विनोद चौधरीको जीवन गाथा सार्वजनिक
कार्यदलको बैठक आज बस्दै