दौड टिन सुन्दरी बन्ने
![]() |
टिनएजमा रमाइरहेका ५० जना किशोरीको आधा दिन काठमाडौं मलस्थित ग्यालेक्सी पार्टी प्यालेसमा बित्ने गरेको छ। उनीहरूले विगत तीन साताभन्दा लामो समयलाई स्वास्थ्य, सुन्दरता, फिटनेस, मेकअप, सञ्चार, समाजसेवा आदि विभिन्न जानकारीमूलक विषयको प्रशिक्षणमा बिताइसकेका छन्। प्रतिस्पर्धीहरूले आफ्नो आत्मविश्वास बढाउने, व्यक्तित्व तिखार्ने तथा सुन्दरता निखार्ने कार्यमा समय र पसिना खर्च गरिरहेका छन्। स्टेज प्रस्तुतीकरणको व्याकरण एवं प्रतिस्पर्धात्मा अभ्यस्त हुने कार्यमा पनि उनीहरू जुट्ने गरेका छन्। द फेसन प्लस नामक संस्थाको आयोजनामा सञ्चालन हुने मिस टिन-२०१२ प्रतियोगिताअन्तर्गतको ग्रुमिङमा सहभागी टिन सुन्दरीहरूले इनडोर तथा आउटडोर फोटोसेसन, पिकनिक र डान्स पार्टीको रमाइलोको पनि साक्षात्कार गरिसकेका छन्।
मिस टिन-२०१२ को फाइनल प्रतिस्पर्धा भदौ १६ गते शनिबारका दिन कमलादीस्थित प्रज्ञा-भवनको डबलीमा हुँदैछ। फाइनल प्रतिस्पर्धाबाट विजेता, फस्ट रनर अप, सेकेन्ड रनर अप सहित पर्सनालिटी, ट्यालेन्ट, फोटोजेनिक, क्याटवाक, हेयर, स्माइल, डिसिप्लिन, फ्रेन्डसिप आदि विधाका विजेता पनि चयन गरिनेछ। साप्ताहिकको सञ्चार सहभागिता रहने यो प्रतियोगिताको अघिल्लो संस्करणमा अर्चना पन्थी विजयी भएकी थिइन्।
![]() |