धौलागिरी क्याम्पसमा तोडफोड र आगजनी
![]() |
बाग्लुङ, साउन ३० (नागरिक)- बीबीस दोस्रो वर्षका विद्यार्थीले धौलागिरी बहुमखी क्याम्पस बाग्लुङमा तोडफोड र आगजनी गरेका छन्। विद्यार्थीहरुले सोमबार क्याम्पस प्रशासनका टेवुल, कुर्ची लगायतका सामाग्रीलाई बाहिर निकालेर आगो लगाएका थिए। पटकपटक क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदा विजनेस लको शिक्षकको व्यवस्था नगरी पढाईमा बेवास्ता गरेको भन्दै तोडफोड गरेका हुन्। सो क्रममा कुटपिटबाट विद्यार्थी घाइते भएका छन्।
उदण्ड विद्यार्थीको तोडफोडबाट करिब दुई लाख रुपैयाँको क्षति भएको क्याम्पस प्रमुख आनन्द शिलवालले बताए।'घटनामा कुनै विद्यार्थी संगठनको संलग्नता छैन,' उनले भने।
उच्छृङ्खल विद्यार्थीले प्रशासनबाट कुर्ची निकालेर आगो लगाएको व्यवस्थापनका विभागीय प्रमुख याम प्रसाद शर्माले बताए। 'शिक्षकको व्यवस्था गरेर रुईटिङ निकाल्ने तयारी थियो,' शर्माले भने,' तर, क्याम्पसमा क्षती पुर्याए।'
![]() |