माओवादी शीर्ष नेता पोखरामा, प्रधानमन्त्रीलाई कालोझण्डा





पोखरा, श्रावण २८ - पार्टी फुटेपछि एमाओवादी ले आयोजना गरेको प्रशिक्षणमा एमाओवादी का शीर्ष नेता पोखरा आएका छन् ।
तमुवान राज्यसमितिको प्रशिक्षणमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पश्चिमाञ्चल ब्यूरो ईञ्चार्ज लीलामणि पोखरेललगायत नेता पोखरा आएका छन् । प्रशिक्षणमा एक हजारभन्दा बढी कार्यकर्ता सहभागी छन् ।
यसैबीच एमाले निकट युवा संघले पोखरा विमानस्थलमा प्रधानमन्त्री भट्टराईलाई कालोझण्डा देखाएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीचमा प्रधानमन्त्री सोझै प्रशिक्षणस्थल गएका थिए ।