डाक्टरसाव् सहमतिको बाटो छेकियोः ओली




मिथिलेश यादव, सप्तरी, साउन २८ - नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री बाबुराम भटराई सहमतिका वाधक भएको बताएका छन्। 'सहमतीय सरकारका लागि बाटो खुल्ला गर्नुपर्नेमा डाक्टरसाव् बाटो छेकेर बसेका छन्,' उनले भने, 'डाक्टरसावले अब नेतृत्वको अनशन तोड्नुपर्यो।'


आइतबार सप्तरीको राजविराजमा कार्यकर्ता भेटघाटपछि सञ्चारकर्मीसँगको भेटमा ओलीले भने, 'भटराईको नेतृत्वमा सहमति हुनै सक्दैन।सहमतिका लागि तत्काल ठाउँ खाली गर्नुपर्यो। हामी राजीनामा मागेकै हैन उनले ठाँउ छाडेर मार्ग प्रसस्त गर्नुपर्यो।'

म्याद सकिएपनि लाजै पचाएर बाटो छेक्नुको कनै तुक नभएको उल्लेख गर्दै उनले भने, 'अब हदै भयो देशलाई बन्दी बनाएर राख्न मिल्दैन्।'  अहिलेको सरकारलाई संघीयता विरोधीको संज्ञा दिँदै उनले भने, 'स|विधान सभालाई जिउँदै आगोमा पोल्नेसँग केका लागि वार्ता गर्ने?ठाउँ न छाडे उनलाई हावाले उडाएर लान्छ।'

अधिकांश समय प्रधानमन्त्री र माओवादी नेतृत्वको विरोध गर्नै खर्चेका ओली कार्यकर्ता भेटेर सिधै सप्तरी कारागार पुगेका थिए। ज्यान मुद्धामा पुर्वपक्षका लागि जेलमा वन्दी सप्तरी क्षेत्र नम्वर ३ का पुर्व साँसद जगदीस साहलाई भेटेर उनले सान्तवना दिए।