पैसा तिरे पछी सम्झनाले सबै देखाई दिने (भिडियो सहित)


'देखाईदिन्छु सबै कुरा पैसा तिरेपछी 
जिन्दगीमा मोजमस्ती गर्नैपर्छ राती 
गाला मेरो फुटेको छैन अलिकती चर्को हो साथी 
आँखा झिमिक्कै माल सामान गायब ..'

हुन त यो चलचित्रको 'लक 'को गीत हो । तर चलचित्रको नाम भन्दा पनि यो गीतले चर्चा पायो बजारमा। चलचित्र चलेर उत्रिसक्दा पनि यो गीत ले गरम बनाएको बजार आझै सेलाएको छैन। यता थुप्रै सिनेमा खेल्दा पनि चर्चा कमाउन नसक्ने अनी नाम पनि त्यती बजारमा ल्याउन नसक्ने कलाकारहरुलाई पनि प्रश्तुत 'आईटम डान्स 'मा डान्स गर्ने सम्झना प्याकुरेल उदाहरण नै बनिन । उनी यही एउटा गीतबाट चर्चामा आएकी चाइना यतिबेला । 

जब यो गीत बिभिन्न टेलीभिजन च्यानलहरुमा प्रतिबन्ध भयो तब यो गीतप्रती चासो राख्नेहारुको संख्या बढेपछी निर्देशक ऋशी न्यौपानेले चलचित्र 'लक'को पनि रिलिज पनि गरी हाले। 'हामीले दर्शकहरुको भावना बुझेर नै रिलिज गर्‍यौ चाडै । चलचित्रले पनि पारीणाम राम्रै निकाल्यो ,' निर्देशक न्यौपाने भन्छन। एउतै गीतबाट चर्चामा आएको सम्झना पनि कम गदगद छैनन। तर, यो गीतलाई बिभिन्न कोणबाट हेरिदिएर गलत अर्थ लगाउने प्रती पनि उनको चित्त दु:खाई छ। उन्ले भनिन 'हामी शब्दलाई सांकेतिक र्‍ोपले प्रश्तुत गरेका छौ । तर व्याख्या भने सिधै गरियो । म बारमा डान्स गर्ने युवती हुँ। त्याहा खलनायकहरुले सामान लुकाएका हुन्छन र त्यो सामान मैले देखेकी हुन्छु । सबै कुरा देखाईदिन्छु पैसा तिरेपछी भनेर प्रहरिलाई गीत मार्फत जानकारी दिन खोजिएको छ। यहाँ त शरीर देखाउने कुरा पो आयो ,'उन्ले बेली बिस्तार लगाईन । 

सुरुमा त सम्झनाले पनि सोचेकि थिईनन कि यो गीतले यस्तो हंगामा गर्ला भनेर । नसोचेको भयो ;'उनी दंग पनि चाइना । तर बजारमा हिड्दा दर्शकले 'पैसा तिरे पछी सबै कुरा देखाई दिने हो ।।।'भनेर जिस्काउदा भने उनको चित्त दुखी रहेकोछ। उनले भनिन ,'यो आईटम गीतमा नाचे पछी चर्चा त पाईयो तर पछी सम्म गलत छाप पर्ला कि भन्ने चिन्ता भने लागेको छ। म दर्शकहरुलाई मैले नाचेको गीतलाई गलत अर्थले नबुझिदिन अनुरोध गर्दछु ।'कलाकार भए पछी हरेक भूमिकामा सहज प्रश्तुत हुन सक्नुपर्छ भन्ने मन्यता उन्को छ। सम्झनाले थपिन ।'आब भने म आईटम तिर भन्दा पनि नायिकाको भूमिका तिरै बढी जोड दिन्छु । आईटमले छोटो समयमा नै चर्चा त पाउछ तर त्यो दिगो हुँदैन रहिछ ।'

भिडियो हेर्नुस