महिला फुटबलर छनोट



काठमाडौं, साउन ३० (नागरिक)- दोस्रो साफ महिला फुटबल च्याम्पियनसिपका लागि दोस्रो चरणमा नेपालले ३० सदस्यीय टोली छनोट गरेको छ। च्याम्पियनसिप भदौ २२ देखि असोज १ सम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। नेपाललगायत भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तानले भाग लिने छन्।

 
दोस्रो चरणका प्रशिक्षकद्वय किशोर केसी र कुमार कटुवालले ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। एपिएफ क्लबका सर्वाधिक १२ खेलाडी छन् भने पुलिस क्लबका ८, आर्मीका ४ र अन्य पाँच जिल्लाका ६ खेलाडी छनोटमा छन्।

एपिएफका जमुना गुरुङ, अनु लामा, प्रमिला राई, सजना राना, लक्ष्मी पौडेल, तुलसा सिंह, उषा भण्डारी, भगवती थापा, मनमाया मगर, चन्द्रादेवी दाहाल, रन्जना दर्जी, मीरा महर्जन छन्। पुलिसका चन्द्रा भण्डारी, निरु थापा, यसोदा लामा, रुपा मगर, रिना गुभाजु धीमकुमारी गुरुङ, मेनुका गिरी, नमिता दली, आर्मीका कृष्णा खत्री, दीपा अधिकारी, लिला लामगादे, अन्चली वाइबा, कैलालीका निशा बोहोरा र अमृता जैसी, बाँककी लक्ष्मी नेपाल, बाराकी शर्मिला गोले, ताप्लेजुङकी रन्जिता गुरुङ र रौटहटकी रेनुका नगरकोटी छनोट भएका छन्।