सत्ताको लोभ त अलि अलि भइहाल्छ नि : रामचन्द्र पौडेल
|
विगतको प्रधान मन्त्री निर्वाचनमा १७ पल्ट भाग लिएर पनि पराजित हुनुमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल एमालेलाई दोषी देख्छन्। एकीकृत माओवादीप्रति पनि पौडेल आक्रोश व्यक्त गर्छन्। अहिले कांग्रेसबाट भावी प्रधान मन्त्रीका रूपमा सभापति सुशील कोइरालाको नाम चर्चामा आउँदै गर्दा यसबारे भने उनले विस्तृतमा टिप्पणी गर्न चाहेनन्। पछिल्लो दिनमा कांग्रेस गतिहीन हुँदै गएको बताउने पौडेल वैचारिक अभियान अघि बढाउने उद्घोष गर्छन्। समसामयिक राजनीतिका साथै कांग्रेस पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई लिएर नागरिकका बसन्त बस्नेत र स्वरूप आचार्यले गरेको कुराकानी :
राजनीतिक अनिश्चय बढ्दो छ, के सोच्दै हुनुहुन्छ?
अनिश्चय बढेको सही हो। संविधान बन्न सकेन। देशलाई संविधान चाहिएको छ। संविधान सभाबाटै संविधान बनाउने प्रतिबद्धता हो। त्यसअनुसार नै हुनुपर्छ। त्यसका लागि दुइटा उपाय छन्। संविधान सभामा जहाँ गएर कुरा अड्केको छ, दलबीच सहमति गरेर संविधानलाई पूर्णता दिनुपर्छ। अर्को, मस्यौदा बनाउन सहमति गर्ने। मस्यौदा बनिसकेपछि जारी कसरी गर्ने भन्ने प्रक्रियामा पनि सहमति गर्नुपर्छ। सदन पुनर्स्थापना गरेर संविधान जारी गर्न सकिन्छ।
संसद मात्रै पुनर्स्थापित गर्ने?
सहमति भयो भने संविधान सभा नै गर्ने। प्रक्रियामा सहमति भएन भने संविधान सभाको अर्को चुनाव गराउने।
कांग्रेसको जोडचाहिँ पुनर्स्थापनाभन्दा चुनावतिर बढी देखियो, होइन?
कांग्रेस चुनावबाट भाग्न सक्दैन। प्रजातान्त्रिक पार्टीले चुनाव हुन्न भनेर कसरी भन्ने? तर चुनावभन्दा अगाडि राष्ट्रिय सहमतिको सरकार बनाऔं। विश्वासको वातावरण सिर्जना गराऔं। संवैधानिक बाधा अड्काउहरू फुकाऔं। त्यसका लागि सहमति गरौं।
तपाईंहरू सरकारमा गए माओवादी विरोध गर्ने, माओवादी गए तपाईंहरूको। सहमति कसरी हुन्छ?
माओवादीले एकपछि अर्को गर्दै अत्तो थापेपछि सहमति हुन गाह्रो हुन्छ। यस्तै अवस्था रहे आन्दोलनको विकल्प छैन। लोकतन्त्र जोगाउन आन्दोलन गर्नुपर्छ। सहमति भएन भने आन्दोलनले निकास दिन्छ।
त्यस्तो आन्दोलन त माओवादीले पनि गरेको थियो नि?
उहाँहरूले गर्नुभो तर लोकतन्त्रका लागि होइन। बरु लोकतन्त्र मास्न आन्दोलन गर्नुभो। त्यो अझै जारी छ। हामी लोकतन्त्र बचाउनका लागि आन्दोलन गछर्ौं।
सबैले जनताकै लागि काम गरिरहेको भन्छन्। अब लोकतन्त्र मास्ने र बचाउने कसरी छुट्याउने?
मान्छेको भीडमात्रै जनता होइन। जनताको संगठित आवाज र सामूहिक भावनाको अभिव्यक्ति कति सहज ढंगले प्रस्तुत हुन पाउँछ भन्ने आधारमा छुट्याउनुपर्छ।
जनभावना सहज ढंगले अभिव्यक्त होस् भनी माओवादी चुनाव गरौं भन्दैछन् त?
चुनाव गरौं भन्ने त हो त नि। उहाँहरूलाई धाँधली गर्नका लागि चुनाव गर्न दिने? चुनाव गर्ने कि चुनावको नाटकमात्रै गर्ने?
कांग्रेसको पालामा चाहिँ धाँधली भएको थिएन?
थिएन। कांग्र्रेसका सभापति चुनाव हार्छन्, आफ्नै गृहमन्त्री हार्छन्। १५ सालमा सूर्यप्रसाद उपाध्याय गृहमन्त्री हुनुहुन्थ्यो, हार्नुभो। कृष्णप्रसाद सिटौलाजी हार्नुभएको हो। किशुनजी स्वयं हार्नुभो। हाम्रो गृहमन्त्री नै चुनाव लड्न सक्नुभएन, त्यसबेला उहाँको नामै थिएन। त्यसैले हामी जित्नका लागि चुनाव लड्ने होइन, जनतालाई अधिकार दिन लड्छौं।
प्रधान मन्त्री बाबुराम भट्टराई चुनाव नगरी कुर्सी छाड्दिनँ भन्नुहुन्छ नि?
मनसाय त्यही बुझिन्छ। कसरी हुन्छ, आफ्नो सत्ता लम्ब्याउनेमा हुनुहुन्छ। राष्ट्रको सबैभन्दा ठूलो समस्या त्यसैमा छ। हामीलाई सुरुदेखि नै लागेको चिन्ता पनि त्यसैमा हो। विरोध गरेको पनि त्यसैले हो। उहाँहरूको नियतै ठीक छैन। उहाँहरूको नियत नै सत्ता हो, जनतालाई अधिकार दिने, संविधान र लोकतन्त्र होइन।
प्रधान मन्त्रीको भनाईमा केटाकेटीले खेलौना नपाउँदाझैं तपाइंहरू पनि सत्ता नपाएर झगडा गरिरहनुभएको छ रे?
सत्तालाई हामी सामान्यरूपमा लिन्छौं। कुनै पनि बेला आउन पनि सक्छ, जान पनि सक्छ। हाम्रो दर्शन सत्ता नै अन्तिम चीज भन्ने होइन।
जुनै पार्टीका नेताहरूमा पनि सत्ताको लोभ त बाहिरै देखिन्छ?
लोभ त अलिअलि भइहाल्छ नि (हाँसो)। लोभ हुनु र सत्ता नै सबै चीज मान्नु फरक छ।
तपाइंले चाहिँ खुल्लमखुल्ला नै लोभ गर्नुभो?
मिलाएर, घुस्घुसे पाराले चल्न म जान्दिनँ। म त सिधा कुरा गर्ने हो। यतिन्जेल तेरो पालो, अबचाहिँ मेरो पालो भन्नु कुन नराम्रो कुरा भयो र?
सत्र सत्र पल्ट प्रतिस्पर्धा गर्नुभो, अनि मान्छेले त भन्ने नै भए नि? चुनावी प्रक्रियामा फसिसकेपछि अब कता भाग्ने? मेरो पार्टीले दरखास्त हालेर उम्मेदवारी निकाल्न दिएन।

तर त्यो प्रक्रियाले रामचन्द्र पौडेल सत्ताका लागि मरिमेट्ने मान्छे भन्ने पर्यो त?
मेरा प्रतिपक्षी जो थिए, उनीहरूको नियत त्यसलाई प्रष्ट्याउनु थियो। स्वयं एमाले पार्टी, आफैंले प्रधान मन्त्रीबाट राजीनामा गरेको छ, अनि आफैंले अर्को प्रधान मन्त्री चुन्न संसदमा भोट नहाली बस्छ। त्यो बेइमानी हो कि होइन? हो, यही कुराका लागि मेरो लडाइँ छ। सहमतिका लागि त्यसो गरेका हौं भन्छन्, अनि सहमति हो कि के हो बु‰नै सकिँदैन। आखिर सहमतिका लागि त्यसो गरेको त होइन रहेछ, आफू प्रधान मन्त्री हुन पाएपछि बहुमतले भए पनि हुँदोरहेछ। आफू हुन नपाउँदा सहमति, आफू हुन पाएपछि बहुमत।
तपाईंलाई एमालेसँग चाहिँ निक्कै रिस उठ्या छ होला होइन?
रिस होइन। राजनीतिमा रीस उठ्ने भन्ने के नै हुन्छ र! तर एमालेले त्यो त गरेकै हो नि। एमाले होस् कि माओवादी। बाबुराम भट्टराईले पनि चरम पाखण्ड गर्नुभो। सहमतिबेगर प्रधान मन्त्री हुँदै हुन्नँ भनी बाबुरामले घोषणा गरेको होइन? तर मधेसीको भोट पाउनेबित्तिकै लुरुक्क भएर कुर्सी समातेको समात्यै गर्नुभाछ।
पाएको भए तपाइं पनि मधेसी मोर्चाको सहयोग लिइहाल्नुहुन्थ्यो नि?
मधेसीहरूले मलाई भोट हाल्छु भनेकै हो। दिएनन् पछि। अब मैले के भन्ने?
पाँच बुँदेका आधारमा घुम्दै-घुम्दै कांग्रेसको पालामा सत्ता आए पनि सभापति सुशील कोइरालाले फुत्काउनुहोला जस्तो छ, होइन?
अब यसबारेचाहिँ म अहिल्यै केही भन्न सक्दिनँ। सभापतिले फुत्काउने हुन् कि अरुले नै भन्नेबारे पार्टी एउटा निर्णयमा पुग्ला।
संसदीय दलको नेता तपाईं भए पनि संसदै नभएपछि त्यसका आधारमा तपाईंले प्रधान मन्त्री पाउनुपर्छ भन्ने तर्क त कमजोर भयो होइन? शेरबहादुर देउवालाई बाटो खुल्यो भन्ने पनि छन् नि? बाटो त संसद हुँदै पनि खुलेको थियो, नखुलेको होइन। मैले छाडेपछि उहाँलाई नै हो। उहाँ हुन पाउनुभएन। उहाँले लड्ने भनेपछि 'ल लड्नूस् न त' भन्ने कुरा भो। सहमतिको प्रधान मन्त्री बन्ने सम्भावना भए पार्टीले समर्थन गरिदिन्छ भन्ने कुरा थियो। 'मेरो नेतृत्वमा कांग्रेसको सरकार बन्छ' भनेपछि लौ बनेको हेरौं न त भनेर उहाँ (शेरबहादुर देउवा)लाई अवसर दिएकै हो। तर त्यो वास्तविकता होइन रहेछ। वास्तविकता के हो भनी जनसमक्ष आओस् भन्ने हाम्रो चाहना थियो।
सभापति अरु हुने, प्रधान मन्त्री अरु हुने। तपाईंमात्रै किन अवसरबाट सधैं वञ्चित?
खै अब यसको चाहिँ अलि गहिरै विश्लेषण गर्नुपर्ने हुन्छ। त्यसो गर्दा फेरि यो कुरो कहाँ कहाँ पुग्ला। त्यसैले धेरै बढ्ता नखोतल्नु जाती होला (हाँसो)।
अब आन्दोलनतिर लाग्ने कि सहमति जुटाउन, कि संगठन गर्न लाग्ने?
अहिले कांग्रेसका लागि लोकतन्त्र जोगाउने चुनौती उपस्थित छ। म हिजोआज आफैंलाई एउटा प्रश्न गर्ने गर्छु- किन यस्तो चुनौती आइराख्छ सधैं? किन बारम्बार लोकतन्त्र उल्टिन्छ? के कमी भयो? त्यसको खोजी गर्दै गयो भने जनतामा पुगिन्छ। जनतालाई हामीले लोकतान्त्रिकरूपमा कति दीक्षित बनाउन सक्यौं भन्नेमा पुगिन्छ। यो कुराले धेरै महŒव राख्छ। लोकतन्त्रले जीवनमा के/कस्तो तात्विक परिवर्तन ल्याउँछ?, यो हुँदा के हुन्छ/नहुँदा के हुन्छ भन्ने कुराको चेतना जनतामा अति जरुरी हुन्छ भन्ने मलाई लाग्छ। लोकतन्त्रका लागि दलहरू जनताका शिक्षक हुन् भनिन्छ। पहिले कार्यकर्ता शिक्षित हुनुपर्यो अनि जनतालाई शिक्षित गर्न सकिन्छ। नेपालको राजनीतिमा त्यो आवश्यकता अझै बाँकी छ। नेपालमा लोकतन्त्रको पक्षमा प्रबुद्ध जनमत निर्माण कसरी गर्न सकिन्छ भन्ने मेरो ध्येय हो।
एउटै पार्टीभित्र यति धेरै विचार समूह छन् कि यो विचारचाहिँ कांग्रेसको भनी कसरी बुझ्ने?
लोकतन्त्रलाई जनताको जीवनको अपरिहार्य तŒव बनाइदिन हामीले प्रयत्न गर्नुपर्छ। त्यसका लागि लोकतन्त्रलाई र्याडिकलाइज गर्नुपर्छ। त्यसका लागि आर्थिक, सामाजिक राजनीतिक परिवर्तनको संबाहकका रूपमा लोकतन्त्रलाई अघि बढाउने काम गर्नुपर्छ। स्वतन्त्रताको साथमा न्याय र समानताले युक्त लोकतन्त्र व्यवहारमा ल्याउनुपर्छ। अनि जनताको जनमत लोकतन्त्रका पक्षमा बन्छ। जनताको स्वार्थ निहित हुन्छ लोकतन्त्रमा। जब जनताले लोकतन्त्रको महŒव बु‰छन्, अनि त्यसका लागि ज्यान फाल्न पनि तयार हुन्छन्। म अहिले लोकतन्त्रमात्रै भनिरहेको छैन, लोकतान्त्रिक समाजवाद भनिरहेको छु। म लोकतान्त्रिक समाजवादमात्रै पनि भनिरहेको छैन, बरु आर्थिक सामाजिक परिवर्तनको पक्षमा पनि छु।
कांग्रेस धेरैपल्ट सरकारमा पुग्यो। अहिले तपाईंले भनेजस्तो काम कति गर्यो?
धेरै काम गर्यो। गाउँमा एक पैसा जाँदैनथ्यो, कांग्रेसले पैसा गाउँ पठाउन सुरु गर्यो। ग्रामीण स्वाबलम्बन कार्यक्रम तर्जुमा गरेर चार हजार गाविसमा एकैचोटि स्वास्थ्य चौकी, खानेपानीका लागि बजेट पुर्याउने काम, स्कुल र शिक्षण संस्था पुर्याउने काम, बाटो बिजुली र विकासका पूर्वाधार लैजाने काम कांग्रेसले नै सुरु गर्यो।
कांग्रेसले यत्रो काम गरेको रहेछ, जनताको मत किन आफूतिर तान्न सकेन त?
कांग्रेसले जति काम गर्न सक्यो, त्यसअनुसार प्रचारप्रसारमा ध्यान दिन नसकेकाले यस्तो भएको हो। आफ्ना कामबारे जनताले थाहा पाउनेगरी अभियानका रूपमा लिएर जनतासमक्ष जान सक्नुपर्थ्यो। शेक्सपियरको नाटक जुलियस सिजरमा सिजरकी पत्नीलाई आफू सती भएको भनेर मात्रै पुग्दैनथ्यो, बरु सती भएको देखिनु पनि पर्थ्यो रे। त्यस्तै भएको हो कांग्रेसलाई।
माओवादीले जनता आकर्षित गरेको कांग्रेसले मार्केटिङ नगरेका कारण हो त?
माओवादीले आकर्षित गर्यो कि त्रसित गर्यो? भयप्रिति र मायाप्रिति भन्ने हुँदोरहेछ। मायाप्रिति भन्दा भयप्रिति जबर्जस्त हुँदोरहेछ। उहाँहरूले भयप्रिति प्रयोग गरेर जनता लट्पट्याउनुभएकै हो। तर त्यस्तो भयप्रिति टिक्दोरहेनछ भनेर बिस्तारै पुष्टि हुँदै गएको छ। अब निर्वाचन हुँदा भयप्रिति र मायाप्रिति देखिन्छ।
अघिकै कुरामा फर्कौं, सुशील कोइराला, शेरबहादुर देउवा र तपाईंका फरकफरक स्कुलका शिक्षकले पढाएको लोकतन्त्र बु‰न जनतालाई कठिन नहोला?
अहिले कांग्रेसमा विचारको स्कुल छँदै छैन। किनभने हाम्रा साथीहरू विचारको बहस गर्दै गर्नुहुन्न। अलिअलि म कोसिस गर्छु। अरुले बहस गर्दै गर्नुहुन्न। त्यसैले वैचारिक द्वन्द्व कांग्रेसभित्र भएको छैन। बीपीले प्रयत्न गर्नुभएको थियो। त्यसैको पोयो समातेर कांग्रेस हिँडिरहेको छ। मैले पनि प्रयत्न त गरें तर जति सशक्त ढंगले अगाडि बढाउनुपर्ने थियो, त्यसमा केही अलमल भएको जस्तो लाग्छ। विचारको अभियानलाई सशक्त लैजानु जरुरी छ।

कहिले लैजानुहुन्छ?
मै त्यसको अभ्यास सुरु गर्र्दैछु। एउटा किताब लेख्दैछु- कृषि क्रान्ति र लोकतान्त्रिक समाजवाद भन्ने। यो अलि संगठितरूपमा आओस् भन्ने मेरो चाहना छ। यसले कांग्रेसप्रति रहेको द्विविधा अन्त्य गर्नेछ।
कम्युनिस्टहरू जसको विचार उसको नेतृत्व भन्छन्, कांग्रेसमा यत्रो विचार दिइरहेको नेताले अबको महाधिवेशनमा सभापतिको उम्मेदवारी पनि दिने होला नि?
विचार त युटोपियनहरूको पनि थियो, पहिलेका सोसलिस्टहरूको पनि। तर नेतृत्व भएपछि मात्रै विचारले गति लिन्छ। कार्ल मार्क्सले टाउकोले टेकेको भनिएको दर्शनलाई सर्वहारा वर्गको संगठन बनाउने विचार दिएर खुट्टाले टेकाएर उभ्याएँ भनेका थिए। त्यस्तै केही गर्नुपर्छ।
कृषि क्रान्ति र लोकतान्त्रिक समाजवादको विचारलाई खुट्टाले टेकाउनका लािग पनि उम्मेदवारी दिने नै होला?
उम्मेदवारी दिनेमात्रै कुरा होइन, यसलाई अघि बढाउने जनमत पनि निर्माण हुनुपर्छ। कांग्रेसका कार्यकर्ताले यसको अगुवाई गर्नुपर्छ। अहिले त हनुमानजस्तो भएको छ कांग्रेस- आफ्नो शक्ति थाहा नपाउने। 'यो समुद्र फड्कन सक्ने शक्ति छ तिमीसँग हनुमान' भन्दिएपछि फड्किदिइहाल्ने। नत्र यसै झोक्राएर किनारामा बसिरहने। यो झोक्राइरहेको कांग्रेसलाई म त्यो शक्ति उद्बोधन गराउन चाहन्छु।
तपाइं 'मैले गरें' भन्नुहुन्छ। अरु कांग्रेस नेतासँग भेट्न गयो भने उहाँहरू पनि म बीपी विचारको सच्चा अनुयायी हुँ भन्छन्?
भने हुन्छ। सबै साथीहरूलाई त्यसबारे बोल्न खुला छ, अधिकार छ। उहाँहरूले 'मचाहिँ बीपीको विचारको यो लाइन यसरी व्याख्या गर्छु, यसरी कार्यान्वयन गर्छु' भनेर आउनुभए हुन्छ। 'म पनि बीपीको, म पनि बीपीको' भन्दै जाने हो भने त हामी सबै बीपीकै त हौं नि (हाँसो)।

तपाईँहरू भन्नलाई चाहिँ वैचारिक अभियान भनिदिनुहुन्छ। उता केन्द्रीय सदस्यहरू भने जिम्मेवारी नपाएको भन्दै राजिनामा दिने कुरा गर्दैछन्?
काम गर्ने मान्छेलाई भनेजस्तो, नभनेजस्तो भन्ने नै हुँदैन। 'लाग्ने कोललाई धुलो न फुलो', काम गर्न चाहने मान्छेलाई हरेक विभाग महŒवपूर्ण हुन्छन्। जुन विभागमा गए पनि उसले मुलुकमा चमत्कार गर्न सक्छ। सहकारी विभाग भन्नूस्, साँच्चिकै सहकारीको क्षेत्रमा राम्रो काम गर्नूस् त, पार्टीको मात्र हैन राष्ट्रकै हिरो हुन सकिन्छ। विद्युत् प्राधिकरणमा परिवर्तन गरेर पनि गोकर्ण बिष्ट हिरो हुनुभएन र? काम गर्न सक्नुपर्यो। काम गर्ने मान्छेमा दृढशक्ति हुनुपर्यो।
भनेपछि विभागीय बाँडफाँटमा सभापतिले जे गर्नुभयो, ठीक गर्नुभयो भन्ने तपाईँको भनाई हो?
ठीक गर्नुभयो कि बेठीक गर्नुभयो आ-आफ्नो दृष्टिकोण होला। सभापतिलाई हामीले नै अधिकार दिएका हौँ। हामीले नियम बनाएर उहाँलाई अधिकार दिइसकेपछि फेरि यो भयो वा भएन भनेर बखेडा गर्नुको कुनै तुक छैन। साथीहरूले पाएको जिम्मेवारीलाई राम्रोसँग बहन गर्नुभयो भने राम्रो हुन्छ।
विभागमा को हुने भन्ने कुरा केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने हैन र?
हैन। अहिलेको नियमावलीमा त्यस्तो छैन। सभापतिले विभाग बाँडफाँट गर्न सक्नुहुन्छ। हो, केही विभाग छन् जस्तै अनुशासन, निर्वाचन। यिनीहरूचाहिँ समितिबाटै अनुमोदित हुनुपर्छ।
सभापतिलाई निर्णय गर्ने अधिकार भए पनि सरसल्लाह त गर्नुपर्थ्यो नि हैन र?
अब उहाँले कतिको औपचारिकता पूरा गर्नुभयो या भएन, त्यो उहाँलाई र सम्बन्धितहरूलाई थाहा होला। हामीले हेर्ने भनेको नियमसंगत भयो कि भएन भनेरमात्र हो। उहाँले गर्नुभएको नियम संगत छ।
काँग्रेस पार्टी एकीकरण भए पनि भावनात्मक एकीकरण अझै पनि भइनसकेको अवस्था हो?
एकचोटी विभाजन भइसकेपछि त्यो यताको म उताको भन्ने भावना कहीँ कहीँ बाँकी नै हुँदोरहेछ। त्यो मैले पनि महसुस गरेको कुरा हो। त्यो मेटिन अलिक समय लाग्दोरहेछ। यसलाई हटाउन कार्यकर्तालाई सक्दो काम दिनुपर्यो। उनीहरूलाई कार्यक्रममा ब्यस्त गराएर, सँगैसँगै हिँड्ने वातावरण बनाउन सकियो भने यो फाटो हट्न धेरैबेर लाग्दैन। 'खाली दिमाग शैतानको डेरा' भन्छन् नि, वास्तवमा त्यही नै भइरहेको छ।
माथिल्लो तहमै एकता नभइसकेको अवस्थामा तल्लो तहमा मात्र भावनात्मक एकीकरण खोज्नु अलिक न्यायसंगत हुँदैन कि?
माथिल्लो तहले पनि कहिलेकाहीँ विभाजन गर्छ। त्यो सत्य हो। यो समस्या यति सजिलै हल हुन पनि गाह्रो छ माथिल्लो तहमा।
तल्लो तहको समस्या समाधान गर्ने जुन उपाय तपाईँले बताउनुभयो, त्यस्तै माथिल्लो तहका लागि पनि उपाय होला नि?
वास्तवमा यो समस्या समाधान गर्ने उपाय संसारमा कहीँ कतै भइदिए त अत्यन्तै राम्रो हुन्थ्यो। तर, यो उपचार नै गर्न नसकिने व्यथा पर्यो, के गर्ने? यसको रोकथाम सम्भव छ तर पूर्ण उपचार त खै?
मान्छेहरू काँग्रेसमा विभिन्न गुट छ भन्छन्। तपाईँचाहिँ कत्तिको गुट बनाउनुहुन्छ?
यो गुट बनाउनलाई के-के साधनस्रोत चाहिन्छ मलाई थाहा छैन। मेरो एकमात्र गुट भनेको नेपाली काँग्रेस पार्टी हो। म काँग्रेसकै सिद्धान्त र आदर्शका लागि काम गर्ने हो। त्यो गर्दा जहाँ पुगिन्छ, त्यहीँ पुग्छु। मलाई बचाए काँग्रेसले बचाउँछ, नबचाए भगाउँछ। के गर्ने त?
चुनावबाट काँग्रेस कुनै पनि हालतमा भाग्न सक्दैन भनेर तपाईँले अघि भनिसक्नुभयो। चुनाव भइहाल्यो भने काँग्रेसको स्थिति कस्तो देख्नुहुन्छ?
पहिलो कुरा त निष्पक्ष चुनाव हुन सक्नुपर्यो। त्यो हुने वातावरण भयो भने अहिले नेपाली काँग्रेसका लागि अत्यन्तै अनुकूल स्थिति छ।
काँग्रेसको तर्फबाट चुनावमा 'मूल कमान्डर' देखाउनुपर्ला। कसलाई अघि सार्छ काँग्रेसले?
हामीले २०४७ सालमा कोही एउटालाई मात्र कमान्डर देखाएका थिएनौँ। तीन जना शीर्ष नेतालाई अगाडि उभ्याएका थियौँ। अहिले तीनै जना हुनुहुन्न। हामीमात्रै बाँकी छौँ।
साँच्चिकै चुनाव हुने अवस्था देख्नुहुन्छ?
चुनाव नगरे त के गर्ने त नेपालीले? चुनाव गर्न, चुनाव हुन पहिला राष्ट्रिय सहमतिको सरकार बन्नुपर्यो।
त्यो भनेको काँग्रेसको नेतृत्व, त्यसमा पनि तपाईको नेतृत्वमा बन्नुपर्छ भन्ने होला, होइन?
काँग्रेसको नेतृत्वमा बन्नुपर्छ भनेको त सबैले मानेकै कुरा हो। अर्काको नेतृत्वमा बन्नुपर्छ भनेर मैले कसरी भन्ने?
अबको प्रधान मन्त्री त सभापति कोइराला नै हुने जस्तो देखिन्छ नि?
थाहा छैन मलाई त। मलाई केही पनि थाहा छैन। पार्टीले अहिलेसम्म को उम्मेदवार भनेर घोषणा गरेको पनि छैन। मलाई थाहा भएको कुरा के हो भने अहिलेको प्रधान मन्त्रीको विपक्षमा म हुँ। उहाँ असफल हुनुभयो। उहाँ असफल हुँदा को हुनुपर्छ भन्ने कुरा दुनियाँले बु‰ने कुरा हो। त्यै पनि भोलि पार्टीले के निर्णय गर्छ? कसरी अगाडि जाने भन्ने तय होला, जुन भोलि नै थाहा होला।
प्रचण्डले छिट्टो कुरा फेरिदिनुभयो। केही अगाडिसम्म अब पालो काँग्रसकै हो भनिरहनुभएको थियो। हिजोआज पाँच बुँदेको औचित्य नै सकियो भन्दै हुनुहुन्छ?
अहिले नेपाली राजनीतिको मुख्य समस्या भनेकै यही हो। पटकपटक उहाँहरू कुरा फेर्न माहिर हुनुहुन्छ। पाँच बुँदे समझदारी गर्दा माओवादी नेतृत्वको सरकारमा काँग्रेसका दुई जना मात्र भए पनि दुई दिनका लागि आए भने माओवादीलाई पनि काँग्रेसको नेतृत्वको सरकारमा जान बाटो खुल्छ भन्नुभयो। लौ त भनेर सहमति गरियो। पछि अर्कै हाँगो निक्लियो। सहमति गर्दै गयो, उहाँहरू हाँगो निकाल्दै जानुहुन्छ। उहाँहरूलाई विश्वास गर्न सकिने वातावरण नै छैन।
प्रधान मन्त्री बाबुराम भट्टराई आफ्नै नेतृत्वमा चुनाव गर्ने भन्ने। तपाईहरू भट्टराई नेतृत्वमा कुनै हालतमा हुँदैन भन्ने। यस्तो अवस्थामा निर्वाचन कसरी सम्भव छ?
उहाँले निर्वाचन गराउँछु भनेर धक्कु लगाएरमात्र हुने भए त मंसिर ७ गतेका लागि निर्वाचनको मिति तोकिएको हैन, किन नहुने भयो त? उहाँले घोषणामात्र गरेर त नहुने रहेछ। त्यसो भएपछि उहाँले चुनाव हुने बाटो त खोज्नुपर्यो नि। त्यो बाटोका लागि उहाँले त्याग गर्न तयार हुनुपर्यो। माओवादी पार्टीले त्यसमा सहयोग गर्नुपर्यो। यदि त्यसो हुँदैन भने सत्तामा टाँसिएर बसिरहने पनि त सीमा हुन्छ होला नि?
प्रचण्डले प्याकेजमा सहमति गरौँ भन्नुभएको छ नि?
यो घरिघरि थप्पिरहने प्याकेज नै भारी भइसक्यो। प्याकेजमा नयाँ नयाँ कुरा थप्दै ल्याउने अनि त्यहाँ कसरी कुरा मिल्छ?
नेपाली राजनीतिका आगामी दिन कस्तो देख्नुहुन्छ?
गाह्रो छ। राजनीतिका आगामी दिन कठिन बन्दै गएका छन्। निष्ठाको राजनीति भइरहेको छैन। सिद्धान्तको राजनीति भइरहेको छैन। स्वार्थको राजनीति हाबी भएको छ। नेताहरू आफैँ बेइमानीपूर्णरूपमा आफ्नो स्वार्थ सिद्ध गर्न लागेको अवस्था छ। यसलाई सुधार्न हामी सबैले सचेत भएर ठूलै प्रयास गर्न जरुरी छ।
काँग्रेसको युवा पुस्ताले चाहिँ सुधार्न सक्छ भन्ने लाग्छ?
काँग्रेसको युवा पुस्ता सक्षम हुनैपर्ने हो। तर, मलाई के लाग्छ भने जसरी नेतृत्व हस्तान्तरण हुँदै आएको छ यसको गुणस्तरमा पनि कमी हुँदै गएको छ। युवा अवस्था भनेको निस्वार्थ भएर काम गर्नुपर्ने अवस्था हो। उमेर छिप्पिँदै जाँदा स्वार्थ पनि बढ्दै जानुपर्ने हो। तर, अहिलेको पुस्तामा त्यस्तो देखिँदैन। बीपी, गणेशमानजीको पुस्ताबाट गिरिजाबाबु, किशुनजीमा आउँदा अलिकति गुणस्तरमा क्षय भएको जस्तो देखिन्छ। त्यस्तै उहाँहरूबाट हामीमा आउँदा अझै क्षय भएको छ। हामीबाट तल जाँदा के हुने हो भन्ने अन्यौलता छ।