फेसबुक मार्फत 'सेक्स टुरिजम' गर्न खोज्ने पक्राउ
![]() |
काठमाडौं, भदौ ११ सामाजिक सञ्जाल फेसबुक मार्फत ठगी गर्ने तथा सेक्स टुरिजम इभेन्ट आयोजना गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर घर भई काठमाडौंको कुमारीगाल नयाँ वस्ती बस्ने ४० वर्षिय किर्तन पोखरेल रहेका प्रहरीले जनाएको छ । उनलाई केन्द्रिय अनुशन्धान ब्यूरो सिआइबीको टोलीले पक्राउ गरेको हो ।
पोखरेलले युवा युवतीहरुलाई समावेश गरेर बुङ्गा–बुङ्गा पार्टी गर्नका लागि फेसबुकमा बुङ्गा–बुङ्गा ईभेन्ट क्रियट गरेको प्रहरीको भनाई छ । १० देखि १७ वर्षका युवा युवती सहभागि हुने बुङ्गा–बुङ्गा पार्टीमा सहभागि हुन २ हजार यूरो खर्च लाग्ने सूचना पोखरेलले फेसबुक मार्फत प्रवाह गरेको र त्यसमा केही फेसबुक प्रयोगकर्ताले लाईक समेत गरेको पाईएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पोखरेलले २० वटा ईमेल एड्रेस बनाएको पाईएको र त्यसै मार्फत फेसबुक एकाउन्ट खोलेर फर्जी इभेन्ट राखी अन्तर्राष्ट्रिय संगठिन अपराध गर्न सक्ने, फेसबुकमा क्रियट गरेको इभेन्टबाट अन्तर्राष्ट्रिय रुपमा सेक्स टुरिज मगर्ने काममा संलग्न रहेको र आर्थिक लाभका लागि इमेलबाट नग्न तस्विरहरु आदान प्रदान गरेको प्रहरीको दावी छ । पक्राउ परेका पोखरेललाई विद्युतीय कारोवार ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको प्रहरीले जनाएको छ ।
![]() |