भाडाकी आमाको संन्यास



भाडामा आमा बनिदिएर कतिपय महिलाले विभिन्न देशमा राम्रै जीवन निर्वाह गरेका छन्। अर्काका लागि बच्चा पाइदिनु अवश्य पनि रमाइलो  कुरा होइन। तर के गर्ने ? पेट पाल्न केही न केही त गर्नैपर्‍यो। पेट पाल्न सधैंभरि अर्काका लागि बच्चा पाइदिन सक्ने कुरा पनि भएन।  सम्भवतः त्यही भएर होला, बेलायतमा एक महिलाले भाडामा आमा बनिदिएर १० वटा बच्चा पाएपछि भाडाकी आमा बन्ने पेसाबाटै संन्यास  लिएकी छिन्। 

४७ वर्षीया जिल हकिन्स नामकी ती महिलाले पछिल्लो २० वर्षदेखि अरूका लागि बच्चा जन्माइदिने गरेकी थिइन्। यसबीच उनले १० वटा  बच्चा पाइन्। ती महिलाले अन्तिम पटक जन्माएका जुम्ल्याहा शिशुको नाम ज्याकोब र विलियम्स हो। ती जुम्ल्याहाँ पाठेघरमा समस्या दे खिएपछि शल्यक्रिया गरी निकालिएका थिए। आखिर उमेर ढल्कँदै र ज्यानै जोखिममा पर्दै गएपछि जिलले यो पेसाबाट हात झिक्नेले निर्णय  गरिन्।