बेलायत पुगे तक्मे
![]() |
तक्मेबूढा यतिबेला बेलायतमा तहल्का मच्चाइरहेका छन्। १० वटा कार्यक्रमका लागि अनुबन्ध भएर गत साता बेलायत पुगेका तक्मे बूढा अर्थात् विल्सनविक्रम राईले गत शनिबार ह्यारोमा आयोजित फस्ट शोमै बेलायत बस्दै आएका नेपालीहरूको मन जितेका छन्। 'यत्तिको गजबको कार्यक्रम अहिलेसम्म भएको थिएन,' बेलायतबाटै विल्सनले भने- 'तक्मे बूढासँग चिनजान गर्न, छुन आउने र तस्बिर खिच्नेहरूको लाम नै लाग्यो।'
तमु धिं युकेको आयोजना तथा किराँत राई यायोक्खा र गोर्खा भुपु सैनिक संघ युकेको व्यवस्थापनमा भएको उक्त स्टान्डअप कमेडिमा २ घन्टा ३० मिनेटसम्म विल्सनले दर्शकलाई पेट मिची-मिची हँसाए। १ घण्टा तक्मे बूढो र बाँकी १ घन्टा तक्मेको नाति भन्दै आफैं विल्सनविक्रमले प्रस्तुति दिएका थिए। स्थानीय कलाकार दिपा शाक्यको उध्रेको चोली नृत्यमा पनि विल्सनले साथ दिएका थिए। हास्यकलाकारिताका अतिरिक्त कुशल नृत्यकला र उत्कृष्ट गायकी पनि उनले स्थानिय नेपालीहरूलाई देखाए। उनलाई सम्मान गर्दै किराँत-राई यायोक्खाले नयाँ तक्मासमेत प्रदान गरेको थियो।
![]() |