नायिका सञ्चिता लुइटेललाई पुत्री लाभ

५ भदौ, काठमाण्डौ । नायक निखील उप्रेती र नायिका सञ्चिता लुइटेललाई पुत्री लाभ भएको छ । पहिलो सन्तानको रुपमा छोरो जन्माएको एक वर्षपछि नै नायिका लुइटेलले दोस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् ।
सोमवार बेलुकी थापाथलीस्थित नर्भिक अस्पतालमा डेलिभरिका लागि भर्ना भएकी लुइटेलले राती ७ बजेर ४० मिनेट जाँदा ३ किलो ८ सय ग्राम तौल भएकी छोरीको जन्म दिएकी हुन् । यसअघि लुइटेलले पहिलो सन्तान छोराको पनि नर्भिक अस्पतालमै जन्म दिएकी थिइन ।
बच्चाको डेलिभरी भने शल्यक्रियावाट गरिएको सञ्चिताकी बहिनी सिवानी लुइटेलले अनलाइनखबरलाई जानकारी दिइन् । सिवानीले अनलाइनखबरसंग भनिन्,’ हिजो बेलुकी दिदीलाई अल्ली गाह्रो भएपछि नर्भिक हहस्पीटलमा ल्याएर इमेरजेन्सीमा भर्ना गर्यौ । भर्ना भएको करिव अढाई घण्टापछि दिदीलाई पुत्री लाभ भयो । निकै हषिर्त हुँदै भनिन् ।’ आमा तथा वच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नायक अकाश शाहसंग सम्वन्ध विच्छेद गरी नायक निखिल उप्रेतिसंग दोस्रो विवाह गरेकी नायिका लुईटेलले छोराको जन्म दिएको तीन महिनामै गर्भ बसेको थियो ।
-onlinekhabar