डाक्टर केसी फेरि अनसनमा
![]() |
काठमाडौ, श्रावण २९ - त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा गर्न नहुने लगायतका मागसहित प्रा.डा गोविन्द केसीले सोमवार अपरान्हदेखि पुनः अनशन थालेका छन ।
त्रिविले संस्थानमा राजनीतिक भागवंडाको आधारमा रिक्त रहेको पदाधिकारीहरुको नियुक्ति गर्ने पुनः जमर्को गरेको भन्दै सोमबार दिउँसो दुई बजेर १८ मिनेटदेखि उनले आस्पताल हाताभित्रै अनसन सुरु गरेका हुन् । उनले आफु बाध्य भएर अनसन बसेको बताएका छन् ।
यस अघि राजनीतिक भागबण्डाका आधारमा पदाधिकारीको नियुक्ति नभई योग्यता, वरिष्ठता दृष्टि भएका व्यक्तिबाट प्रतिस्पर्धात्मक र पारदर्शी आधारमा हुनुपर्ने मांग सहित प्रा.डा.के.सी.ले गत असार २१ गते देखी आमरण अनसन गर्दा चार दिन पछि त्रिविले बरिष्ठताको आधारमा प्रा.डा. कुमुदकुमार काफ्ले लाई डिन नियुक्त गरेको थियो ।
त्रिवि उपकुलपति कार्यालयले संस्थानका डिनमा नियुक्त गरेका प्रा.डा. काफ्ले मंगलवार देखि सेवा निवृत्ति हुने छन् । उनी संस्थानमा ३५ दिनसम्म डिनको रुपमा काम गर्न पाएका हुन ।
‘प्रा.डा.काफ्लेले आफू सेवा निवृत्ति हुन भन्दा अघि नै बरिष्ठताको आधारमा रिक्त रहेको पदहरुमा पदाधिकारीको नाम सिफारिस गरेर उपकुलपति समक्ष पठाए पनि उहाहरु निश्क्रिय बस्नु भयो’, प्रा.डा.के.सी.ले कान्तिपुर संग भने–‘डीन ज्युलाई त्रिविको रजिष्टारले राजनैतिक भागवंडाको आधारमा नाम सिफारिस गरेर पढाउन भने पनि हामीलाइ पुनः सक्रिय हुनु परेको हो ।
![]() |