सन्नी लिओनका निजी फोटो भिडियो किनियो
![]() |
(एजेन्सी) - पोर्न स्टारबाट बलिउड डेब्यु गरेकी सन्नी लिओनका निजी तस्बिर र भिडियोहरु मोबाइल र वेवमा ल्याउने अधिकार म्युजिक कम्पनी सारेगमले पाएको छ। सेलिब्रिटी भएपछि लिओनका निजी जीवनमा मानिसहरुको चासो बढ्दै गएकाले कम्पनीको डिजिटल डिभिजनले यसको जिम्मा लिएको हो। सारेगमको डिजिटल डिभिजनका उपाध्यक्ष आर मधुसूदनले भने, 'उनी सेलिब्रिटी हुन।उनको थुप्रै भिडियो र स्टिल तस्बिरहरु छन्। ती सबै कन्टेन्टमाथि हामीले लाइसेन्स लिएका छौं। सेलिब्रिटीको तस्बिर र भिडियोको लोकप्रियताका कारण हामीले यो अधिकार लिएका हौं।'
डिजिटल अधिकार लिएको कम्पनीले लिओनका तस्बिर र भिडियो तथा अन्य गतिविधिलाई इन्टरनेट र मोबाइल एप्सबाट सार्वजनिक गर्ने जनाएको छ। सारेगमले कम्पनीको डिजिटल विभागलाई बलियो बनाउने काम तिब्ररुपमा गरिरहेको छ। धेरैको चासो हुनसक्छ के कम्पनीले उनको पोर्न फिल्मको अधिकार पनि लियो?
कम्पनीले सबै फिल्मको सर्वाधिकार नलिएकोसमेत जनाएको छ। सन्नी लिओनसमेत आफ्ना फिल्मको अधिकार दिन तयार छैनन्। एप्स र इन्टरनेटमा रहने सन्नीका कन्टेन्टहरु कुनै पनि टेलिभिजन र अन्य मुलधारे मिडियाले प्रशारण र प्रकाशन गर्न सक्दैनन्।
![]() |