विश्व कीर्तिमानसँगै जमैकालाई स्वर्ण




लन्डन (एएफपी), श्रावण २९ - उसेन बोल्टसहितको जमैकाले शनिबार लन्डन ओलम्पिकको एथलेटिक्सतर्फ पुरुष चार गुणा सय मिटर दौडमा विश्व कीर्तिमानसहित स्वर्णपदक जित्यो । जमैकाले ३६.८४ सेकेन्डको नयाँ विश्व कीर्तिमान बनाएको हो र यससँगै बोल्टले यसपल्टको ओलम्पिकमा तेस्रो स्वर्ण हात पारे ।
बोल्टले 'डबल ट्रेबल' गर्ने क्रममा यसअघि सय र दुई सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए । उनलाई रिलेमा स्वर्ण जित्न मदत गर्नेमा नेस्टा कार्टर, माइकल प|mाटर र योहान ब्लेक रहे । 'हामीले ठूलो उपलब्धि हात पारेका छौं र यो हाम्रा लागि खुसीको विषय हो,' बोल्टले भने ।
उनले थपे, 'हामी विश्व कीर्तिमान बन्नेमा पनि ढुक्क थियौं, किनभने यसका लागि हामी सबै प्रकारले तयार थियौं । हामी नयाँ कीर्तिमानमै केन्दि्रत भएर दौडेका थियौं ।' बेलायतका मो फराहले पनि पाँच हजार मिटर दौडमा स्वर्ण जितेर मध्यम लामो दूरीको दौडमा डबल गरे ।
यसअघि दस हजार मिटर दौडमा पनि स्वर्ण जितेका सोमालीमा जन्मेका फराहले १३ मिनेट ४१.६६ सेकेन्डसाथ दूरी पूरा गरे । उनले आपmनो सफलताको श्रेय ओलम्पिक रंगशालामा उपस्थित ८० हजार दर्शकलाई दिए । 'दुई स्वर्णको उपलब्धि मेरा लागि ठूलो हो,' फराहले थपे । इथियोपियाका डेजेन ग्रब्रेमेस्कलले रजत तथा केन्याका थोमस लङसिवाले कांस्यपदक हात पारे । अमेरिकी महिला टिमले चार गुणा चार सय मिटर दौडमा पनि स्वर्ण हात पार्‍यो । अमेरिकाले यस रिलेमा स्वर्ण जितेको लगातार पाँचौं ओलम्पिक हो । यसअघि अमेरिकाले चार गुणा सय मिटरमा पनि स्वर्ण जितेको थियो ।
डिडे ट्रोटर, एलसन फेलिक्स, प|mान्सेना म्याककोरोरी र सान्या रिचर्ड रोसको टिमले ३ मिनेट १६. ८७ सेकेन्डमा दौड पूरा गरे । अमेरिका दोस्रोमा रहेको रुसभन्दा तीन सेकेन्डले अगाडि रह्यो । जमैकाले कांस्यपदक जित्यो । महिलाकै आठ सय मिटर दौडमा रुसकी सोनिभोनाले स्वर्ण जितिन् ।
उनले दौड १ मिनेट ५६.१९ सेकेन्डमा पूरा गरिन् । 'यो स्वर्णका लागि मैले पूरा जीवन पर्खेकी थिएँ,' रुसी खेलाडीले भनिन् । दक्षिण अपि|mकाकी विवादास्पद धाविका कास्टर सेमेन्याले रजतपदकमा चित्त बुझाइन् । उनको समय १ मिनेट ५७.२३ सेकेन्डको रह्यो ।