बाढीले सेती-बेनी क्षेत्र जोखिममा (फोटो फिचर)
![]() |
स्याङ्जा, साउन २०- लगातार परेको पानीले देशभरि नै जनजीवन प्रभावित पारेको छ। खोला र नदी किनाराका वस्तीमा बाढी पसेपछि मानिसहरु विस्थापित बनेका छन्। बाढीले बगाएर र पहिरोमा पुरिएर कतिपय बेपत्ता छन्। गुल्मीमा एकै घरका ४ जनाको पहिरोमा परेर मृत्यु भएको छ। तीन अञ्चल, तीन जिल्ला (गण्डकीको स्याङ्जा, लुम्बिनीको गुल्मी र धौलागिरीको पर्वत) को संगम सेतीबेनी बजारमा कालिगण्डकीको बाढी पसेपछि ३५ बढी घर विस्थापित बनेका छन्। बिहीबार बेलुकादेखि लगातार पानी परेपछि सेती-बेनी बजारका करिब डेढसय घरमा बाढीको त्रास फैलिएको छ। पवित्र धार्मिक क्षेत्रसमेत रहेको सेती-बेनीको शिला क्षेत्र डुबानमा परेको छ। मन्दिर र पौवा डुबानमा परेपछि पुजारी र सन्तहरु विस्तापित बनेका छन्।
कालिगण्डकी 'ए' जलविद्युत आयोजनाका लागि स्याङ्जाको मिर्मीमा बनाइएको ड्याम (बाँध) क्षेत्रमा समेत पहिरो खसेर जोखिम बढेको छ। पावरहाउसमा कार्यरत कर्मचारी बाँध क्षेत्रमा पहिरो खसेपछि त्रासमा छन्। बाँधकाक सबै ढोकाहरु खुल्ला गरिएको छ। मिर्मीदेखि सेती-बेनीसम्मको जलयातायात अवरुद्ध हुँदा गुल्मी, पर्वत र स्याङ्जाका कतिपय गाउँहरुमा आवतजावत र सामान ढुवानी बन्द भएको छ। सयजनासम्म यात्रुहरु बोक्ने आधा दर्जन स्टिमर (डुंगा)हरु चलेका छैनन्। फोटोफिचर हेर्नुस् :
![]() |