गाउन चाहनेले गुरु थाप्नैपर्छ: शान्ति ठटाल
![]() |
नेपाली संगीतको पुनर्जागरणको आधारशिला नेपालमा राखिएको होइन । दार्जिलिङले
अम्बर गुरुङ, गोपाल योन्जन, कर्म योन्जनहरू नजन्माएको भए नेपाली संगीतले
बेलैमा विविधता सायदै पाउने थियो । शान्ति ठटाल पुनर्जागरणकालकै एक
अभियन्ता हुन् । गायनबाट करिअर सुरु गरेर संगीतकर्ममा समर्पित भएकी ७७
वर्षीय ठटाल एक महिनायता नेपाली राजधानीमा छिन् । शुक्रबार उनी सांगीतिक
शृंखला पलेँटीमा प्रस्तुत हुँदै छिन् ।
काठमाडौं बसाइ कस्तो छ ?
एकदमै राम्रो । यो सहर सुरुमा (सन् १९६५ तिर) आएभन्दा एकदमै विकसित भएछ । लवाइ, खुवाइ, उठाइ, बसाइ सबै कुरामा धेरै परिवर्तन आएछ । नेपाल भन्दा हाम्रा आँखामा दौरा सुरुवाल, पि्रन्टेड साडी, चौबन्दी झ्याम्मै आउँछ । अहिलेको नेपालमा त्यो सब कुरा कम्ती रैछ ।सबै कुरा आधुनिकीकरण भइसकेछ । युवा पिंढीमा बढी चेन्ज आएको रहेछ ।
दौरा सुरुवाल, चौबन्दी दार्जिलिङले संरक्षण गरिदिएको छ, होइन ?
हो, दार्जिलिङमा यो पालि विमल गुरुङको अगुवाइमा भएको एजिटेसन (आन्दोलन) ले दौरा सुरुवाल र गुन्यूचोली प्रत्येक घरलाई कम्पल्सरी गरायो । त्यसले त्यहाँ नेपाली जातीय पहिरनप्रति यस्तो हलचल भयो कि त्यस्तो त यहाँ पनि भएको छैन । दौरा सुरुवाल सिलाउन जान्ने मान्छेहरू नेपालबाट झिकाउनुपर्यो । त्यहाँ कैयाँ (मारवाडी) हरूका दोकानतिर पहिलेपहिले इन्डियन टल्किने लुगाफाटाहरू देखिन्थे, तर त्यो एजिटेसनपछि नेपाले पि्रन्टका साडीहरू, दौरा सुरुवालका कपडाहरू चारतिर झुन्डिन थाले । तरुनी केटीहरू, राम्रो फिगर भएकाहरू फरिया चोलो लाउँदा क्या राम्रो देखिने गरेका छन् ।
आफूले लाउनुहुन्छ कि हुन्न ?
सबैले लाउने गरेका छौं नि । हाम्रो घरमा सबैको दौरा सुरुवाल, फरिया चोलो छ । मैले त्यहीं पनि किनें, यताबाट पनि लगें । दुईतीन दिनअगाडि यहीं -काठमाडौं) मा पनि बनाउन दिएकी छु ।
संगीतको सन्दर्भमा चाहिं कस्तो परिवर्तन पाउनुभएको छ ?
पहिलेको समय खोजपूर्ण थियो । डेभलपमेन्टको एज थियो त्यो । नेपाली संगीत यहाँसम्म ह्वात्तै आएको हैन । हामीभन्दा अगाडिका पुस्ताहरूले गरेको नेपाली संगीतमा कब्वाली र बंगाली संगीतको प्रभाव थियो । संगीत नसिकी हुँदैन भन्ने बुझेका थिए उनीहरूले । त्यो हिसाबले नेपाली गीतहरू बनिँदै गए । बिस्तारै नेपाली मोडर्न गीतहरू पनि बनिँदै गए । अन्त अलिक पछाडिदेखि साहित्यकार र संगीतकारहरूको संसर्गमा राम्राराम्रा गीत बनिन थाले । गीत-संगीतमा मौलिकता लिएर आए । त्योभन्दा अगाडिकाहरूले बनाएका नेपाली गीतमा कहाँकहाँ मौलिकताको अभाव थियो । संगीतको काम स्टे्रट हेर्दा मनोरञ्जन दिनुभए पनि यसले समाज उत्थानको काम पनि गरिरहेको हुन्छ । उताकाहरूले धेरजसो यस्तै कम्पोजिसन गरिरहेका हुन्छन् । नेपालको संगीतमा चैं अचेल सुफी र गजलको प्रभाव निकै रहेछ । अहिलेको परिवर्तनशील समयमा यो नराम्रो पनि होइन ।
मौलिकताको कुरा गर्दा, दार्जिलिङका संगीतकर्मीहरूले नेपाली संगीतमा रवीन्द्र संगीतको प्रभाव मिसाए भनिन्छ नि ?
सारै चैं होइन । रवीन्द्र संगीत भनेको रवीन्द्रनाथ टैगोरले शास्त्रीय, लोक आदि सबै किसिमका सांगीतिक विधाको फ्लेभर हालेको संगीत हो । रवीन्द्र संगीत जोसुकैले गाउँदा हुन्छ । तर जस्तो नोटेसन छ, त्यस्तै गाउनुपर्छ, अलिकति पनि चेन्ज गर्न पाइँदैन । भारतका ठूला गायक किशोर कुमारले गाएको 'छुकर मेरे मनको किया तुने क्या इशारा...' ओरिजिनल्ली रवीन्द्र संगीत हो । कपी गरे र नोटेसन बिगारी गाए भनेर उनलाई धुमधाम केस भएको थियो । त्यतिखेर दार्जिलिङमा रवीन्द्र संगीत कसैले गाउँदैन थियो । त्यति सुनेका पनि थिएनन् । दार्जिलिङबाट मानध्वज गुरुङ, शिवप्रसाद सिंह जस्ता कम्पोजरहरूले नेपाली संगीतमा तामाङ सेलोहरूको फ्लेभर हालेर मौलिकता भित्र्याएका हुन् । त्यहाँका कम्पोजरहरूमा नेपालीपनको चेतना आएको चैं अम्बर गुरुङको 'नौलाख तारा उदाए...' गीतपछि हो । अम्बरकै 'ए कान्छा सुनको तारा...' र गोपाल योन्जन, कर्म योन्जनले अरू गीतबाट नेपाली संगीतलाई मौलिकताको सवालमा माथि उठाउँदै लगे । नेपालमा त्यो काम नातिकाजी, शिवशंकरहरूले गरे ।
'परालको आगो' र 'बाँच्न चाहनेहरू' बाहेक अरू फिल्ममा तपाईंको संगीत सुन्न पाइएन ।
दार्जिलिङमा फिल्म इन्डस्ट्री थिएन, अझै छैन । त्यति बेला यौटा प्रताप सुब्बा निक्ल्यो । उसको ग्रुप थियो । ट्रेन्ड नभए पनि टयालेन्ट भएका चैं थुप्रै थिए उता, अहिले पनि छन् । सबै फिल्डमा । प्रतापको प्रयासमा 'परालको आगो' बन्यो । त्यसमा मलाई लियो । 'बाँच्न चाहनेहरू' मा पनि मलाई काम दियो । त्यो पछाडि 'बिदा' भन्ने बनाउँदै थियो र त्यसको यौटा-दुइटा गीत सुरु गर्दै थिएँ, सिक्किममा म्युजिक टिचरमा बोलायो र म उता गएँ । त्यतै बिजी भएँ । प्रतापले त्यसपछि बनाएका अरू फिल्ममा दिव्य खालिङहरूलाई काम दियो । त्यसपछि कहिल्यै अफर आएन ।
स्कुल छोडेर बम्बईतिर गएर संघर्ष गरिहेरूँ भन्ने पनि लाग्यो कि ?
रञ्जित गजमेर बम्बई जानुअगाडि मलाई पनि कोहीकोही बेला जाउँ कि क्या हो जस्तो लाग्थ्यो । कलकत्तामा उहिले नै (सन् १९५६ मा) मेरो स्वरमा पहिलो गीत (चाँदनी चाँदनी तिमी छौ शीतल पथमा...) रेकर्ड गर्दा मनोहरि सिंहले बाँसुरी र मेन्डोलिन बजाउनुभएको थियो । उहाँ त्यति बेला बम्बई जानुभएको थिएन । उहाँले मेरो गीत सुनेपछि 'स्वर एकदम राम्रो रैछ, प्राक्टिस गर्न नछोड्नू है' भन्नुभएको थियो । उहाँसँग बादमा पनि भेट भयो । मैले बम्बई जाने सोच रहेको सुनाउँदा 'काम त पाउँछयौ, स्ट्रगल चैं गर्नुपर्छ' भन्नुभएको थियो । उहाँको कुराले पनि मलाई बम्बईबारे कल्पनाशील बनाउने गरेको थियो । तर हिम्मत जुटाउन सकिनँ । पश्चात्ताप पनि छैन ।
संगीतमा प्रवेश गायिकाका रूपमा गरे पनि पछि संगीतमा मात्रै केन्दि्रत हुनुभयो । कारण के होला ?
कलकत्ताको एकेडेमी अफ डान्स, ड्रामा एन्ड म्युजिकमा तीन वर्ष क्लासिकल म्युजिक सिकेपछि मैले संगीतको अलिकति गहिराइ बुझ्न थालें । अरूका गीतहरू आफ्नै स्टाइलले हारमोनियममा गाउँदै जाँदा कम्पोजमा रस बस्दै गयो । गाउने क्रम बढ्दै गएपछि मेरो स्वरमा अलिकति खराबी आयो । कलकत्तामै बिगि्रन थालेको रैछ । साँच्चिकै सिंगर हुन चाहने हो भने ठूलठूला विद्यालयतिर जानु हुँदैन । त्यस्तो ठाउँमा पढ्नेहरूले सिंगिङमा करिअर बनाउन सक्तैनन्, टिचिङ मात्रै गर्न सक्छन् । गायनलाई मात्रै इम्पोटर्यान्स दिन खोज्नेले सीधै गुरुको घर गई सिक्नुपर्छ । अनि राम्रो गाइडेन्स पाइन्छ । एकेडेमिक क्वालिफिकेसन नलिए पनि भयो ।
'मायालुले सम्झ्यो कि कसो...’ जस्तो प्रेमी हृदयका ओठओठमा झुन्डिने गीत कसरी तयार पार्नुभएको थियो ?
यो गीत मेरी माइली भाउजू शशि ठटालले लेख्नुभएको हो । उहाँ टिचर हुनुहुन्थ्यो । कम बोल्नुहुन्थ्यो, कविता र गीत लेख्नुहुन्थ्यो । एक दिन मलाई 'काइँली यो गीत हेर त' भनेर 'मायालु...' ले दिनुभयो । मैले हारमोनियममा यसो औंला राखें, टयुन फटाफट आउँदै गयो । पछिपछि दार्जिलिङमा कार्यक्रमतिर सुनाउँदा सबैले मन पराए । डेजी बराइली र दावा ग्याल्मोले मसँग सिकेका थिए । काठमाडौं आएर खुसुक्क रेकर्ड गरेछन् । पछाडि रेडियोबाट सुन्दा पो म त छक्क परें । तर राम्रै गाएका छन् । म्युजिक एरेन्ज चैं गोपाल योन्जनले गरेको भन्थे । तर म अझै क्लियर हुन सकेकी छैन ।
'मैले बोल्नै भएन...’ चाहिं कसरी जन्मेको हो ?
मेरी यौटी दिदी अलिक छुच्ची छ । एक दिन घरमा ऊ, म र गीतकार गगन गुरुङ गफ गरेर बसिरहेका थियौं । बुवा आएर खोइ के भन्नुभएको थियो, दिदी मुख लागिहाली । अनि बुवाले गगनजीतिर यसो हेरेर 'नानी, अचेल मैले त केही बोल्नै हुँदैन हौ छोराछोरीको अगाडि' भन्नुभएको थियो । त्यसको केही दिनपछि गगनजीले यो गीत लेखेर पो मलाई दिनुभयो ।
यो गीत नारायणगोपालले गाउने कुरा थियो रे ।
नारायणले दार्जिलिङ गएको बेला मसँग यो र अर्को गीत सिकेर ल्याएका थिए । 'मेरो कथा खालीखाली...' त रेकर्ड गरिहालेछन्, यो चैं शब्द अलिक सिम्बोलिक भएकोले त्यति बेलाको पञ्चायती शासनको बेला रेकर्ड गर्न दिएनछन् । तर नारायणले अरुणा लामाको कन्सर्टमा गाएछन् । त्यो त्यत्तिकै भयो, उनी बितिहाले । गोपाल योन्जन बितेको वर्ष म, अरुणा लामा र कुमार सुब्बा गीत रेकर्ड गर्न यता आएका थियौं । त्यति बेला रामकृष्णले मेरो अर्कै गीत गाएका थिए । उनले 'म एल्बमको लागि बम्बई जाँदै छु, यौटा गीत दिनुभए हुन्थ्यो' भने । उनले आफ्नो बाइकमा राखेर मलाई पशुपतिनाथ मन्दिरहरूतिर घुमाई पनि दिए । अनि मैले 'तिमीले नारायणले जस्तै गाउनुपर्छ' भनेर त्यो गीत दिएँ, सिकाइदिएँ । उनले पछि एल्बममा राखेछन्, टेम्पो चैं अलिकति स्लो भएको जस्तो लाग्यो । तर पनि नराम्रो छैन ।
पछिल्लो समय नयाँ कम्पोजहरू कत्तिको भइरहेका छन् ?
कुमार सुब्बा, विमला सेन्चुरी, हीरा रसाइलीहरूले गाइरहेका छन् । नयाँ सिंगरहरू पनि निकै राम्राराम्रा छन् । अचेल दार्जिलिङमै रेकर्ड हुन्छ । यहाँ त निकै मुठ पैसा लिएर आउनुपर्यो नि |
-ekantipur