चीनको लक्ष्य पदकमा अग्रता
![]() |
लन्डन , श्रावण २६ - सबैलाई थाहा छ, चीनको खेलकुद नीति सफल हुँदै गएको छ । चीनको लक्ष्य सन् २००८ को बेइजिङ ओलम्पिक को सफलतालाई पछि नपार्नु हो । उनीहरू बेइजिङभन्दा धेरै सफलता हासिल गरेर विश्व खेलकुदमा आफ्नो प्रभुत्व जमाउन चाहन्छन् ।
'चीनको चाहना भनेकै सबै पदक जित्नु हो, प्रत्येक स्पर्धामा पदक प्राप्त गर्नु हो,' जेफ रुफोलोले भने । उनले सन् २००८ को ओलम्पिक सहित विभिन्न खेलकुद प्रतियोगितामा चिनियाँ सरकारको सहयोगीका रूपमा काम गरेका थिए ।
'हेर्नुस् रियोमा के हुन्छ,' रुफोलोले ब्राजिलको रियो द जेनेरियोमा हुने २०१६ को ओलम्पिक लाई लक्षित गर्दै भने, 'त्यसपछि सन् २०२० को ओलम्पिकलाई ध्यान दिनुपर्छ, चिनियाँहरू आफ्नो खेलकुद प्रणाली विश्वको सबैभन्दा उत्कृष्ट रहेको प्रमाणित गर्न चाहन्छन् ।'
केही व्यक्तिहरू लन्डन ओलम्पिक मा चीन पदक प्राप्तिका लागि भिडेको देखेर अचम्मित छन् । तर सन् १९८४ को ग्रीष्मकालीन ओलम्पिक देखि नियमित सहभागिता जनाउन थालेको चीनको प्रगति आफैँमा अद्वितीय छ । ग्रीष्मकालीन ओलम्पिक मा ३२ वर्षको अनुपस्थितिपछि लस एन्जलसमा ३२ पदक जितेको चीनले बेइजिङ आउँदा त्यसलाई सय कटायो । यस सफलतालाई हेर्दा चीनले अझ पछिल्ला ओलम्पिक मा अझ राम्रो गर्ने प्रस्ट देखिन्छ ।
यसै साता चीनको खेलकुदबारे समाचारपत्रहरूले विभिन्न चिनियाँ स्पोर्ट्स स्कुलमा नयाँ र प्रतिभाशाली खेलाडीका लागि दिइने अत्यासलाग्दो प्रशिक्षण प्रणालीबारे जानकारी गराएका थिए ।
त्यहाँ डाइभर वु मिनेक्सियाको कथा पनि उल्लेख गरिएको थियो । तीन मिटर डाइभिङमा स्वर्ण जितेकी उनले आमा बिरामी भएको र अघिल्लो वर्ष निधन भएकी हजुरआमाका बारेमा प्राप्त गरेको जानकारीका बारेमा उल्लेख गरिएको छ । पछि वुले उक्त समाचार अस्वीकार गरेकी थिइन् र आफ्नी आमा बिरामी भएको र हजुरआमाको निधनबारे समयमा नै जानकारी प्राप्त गरेको बताएकी थिइन् । तर त्यस घटनाले ओलम्पिक पदक जित्नु नै चिनियाँका लागि महत्त्वपूर्ण रहेको र मानवीय गतिविधि केही भएको देखाउँछ ।
चिनियाँ प्रणालीलाई हेर्दा वु एक रोबोट जस्तो देखिन्छिन् । उनले एक समाचार संस्थालाई अन्तर्वार्ता दिँदै अभिभावकहरू हाम्रो प्रशिक्षण केन्द्रमा आउनु हुन्छ, हामी एउटा परिवार जस्ता छौं, हामी विभिन्न स्थानबाट जम्मा भएका छौं,' उनले भनिन् ।
तर, मिहिनेतको प्रतिफल पदकमा देखिन्छ । अनि चीनका लागि पदक महत्त्वपूर्ण रहेको छ । एक चिनियाँ पत्रकार भन्छन्, 'गोल्डमेडल चीनका लागि महत्त्वपूर्ण रहेको छ, यसले हामीलाई दह्रो भएको महसुस गराउँछ ।' अझ रुफोलो भन्छन्, 'यो राष्ट्रिय गौरवको कुरा हो ।'
रुफोलोले चिनियाँहरूसँग सन् २००८ मा काम गर्दाको अनुभवलाई संगालेर पुस्तक लेखेका छन् । उक्त पुस्तक 'इनसाइड द बेइजिङ ओलम्पिक ' हो । त्यहाँ उनले चीनका खेलाडी छनोटबारे पनि उल्लेख गरेका छन् ।
![]() |