विषालु च्याउ खाँदा महिला बेहोस


जाजरकोट, साउन १८ – विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एक महिला बेहोस भएकी छन् । बुधवार साँझ आफन्तले जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाएपछि बेहोस भएकी पुन्मा ३, छिप्रेनाकी ३५ वर्षिया विपना पुनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
च्याउको तरकारी खाएलगत्तै वान्ता गर्दै बेहोस भएपछि उहाँलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । उहाँको नाकबाट रगत बग्ने, आँखा सुन्निने जस्ता लक्षण देखिएको स्थानीय वासिन्दा धनबहादुर पुनले बताउनुभयो । जानकारी दिनुभयो ।
अवस्थामा केहि सुधारउन्मुख भएपनि ४८ घण्टासम्म यसै भन्न नसिकने उपचारमा संलग्न जिल्ला अस्पतालका स्वास्थ्य सहायक रत्न घर्तीले बताउनुभयो ।