झापामा प्रिन्स एण्ड प्रिन्सेस-२०१२
![]() |
बालबालिकाको क्षमता एवं वृत्तिविकासमा सहयोग पुर्याउने उद्देश्यले आयोजित लिटिल प्रिन्स एण्ड प्रिन्सेस-२०१२ को फाइनल राउन्ड आज शुक्रबार हुँदैछ। झापाको गौरादहमा जारी प्रतियोगितामा झापा क्षेत्र नम्बर ६ का ५० बढी विद्यालयका विद्यार्थीहरू सहभागी थिए। उनीहरूबाट छानिएका ३० जना विद्यार्थीलाई एकमहिने बन्द प्रशिक्षणमा राखिएपछि अन्तिम प्रतिस्पर्धामा उतारिएको हो।
गौरादह चित्र मन्दिरमा हुने फाइनलमा ३० जनाभित्रका एक छात्र एवं एक छात्रा सहभागीले शीर्ष उपाधि जित्नेछन्। २० वटा अन्य सब टाइटलमा पनि उपाधि प्रदान गरिने ग्ल्यामरस नेपाल डटकमका निर्देशक असीमज्वल श्रेष्ठले बताए। यो कार्यक्रम युनाइटेड युथ क्लब, गौरादहको आयोजनामा हुन लागेको हो।
![]() |