कसले लगाइदियो कटरिनालाई सिन्दुर ???
|
कटरिना कैफको यो तस्वीर देख्दा सायद तपाइँलाई पनि आश्चर्य लाग्नसक्छ । एक विवाहित हिन्दु महिलाले जस्तो शिरमा सिन्दुर लगाएकी अविवाहित कटरिना कैफलाई देख्दा जो कोहीपनि एकपटक झसंग नहुने कुरै भएन ।
हालै एक था टाइगरको मुम्बइमा भएको विशेष प्रदर्शन कार्यक्रममा शिरमा सिन्दुर लगाएर कटरिना पुगेपछि सबै तिनछक परे । कटरिनाले कतै लुकिछिपि विवाह त गरिनन् ? भन्ने प्रश्न धेरेको मनमा उब्जियो । कटरिनाको सिरमा सिन्दुर देखेपछि उनको विवाह भएको भन्ने हल्लाले एकाएक बजार ततायो पनि ।
तर वास्तवमा कटरिनाले विवाह गरेर लगाएको सिन्दुर थिएन त्यो । त्यो त पूजामा लगाएको टिका मात्र थियो । कटरिना आफ्नी म्यानेजर रेश्मा सेट्टीको घरमा आयोजित एक पूजा समारोहमा पुगेकी रहेछिन् र त्यहीँ उनलाई पण्डितले टिका लगाइदिएका रहेछन् । पुजामा टिका लगाएर उनी सिधै एक था टाइगरको विशेष प्रदर्शन समारोहमा पुगेकी थिइन् । त्यसैले उनको सिरमा भर्खरै लगाइएको रातो टिका देख्दा त्यहाँ उपस्थित सबै छक्क पर्नु अस्वभाविक थिएन, किनकी उनी पुजामा गएर आएको अरुलाई थाहा थिएन ।
कटरिनको विहे भएको भन्ने खालका अफवाह समेत फैलिएपछि कटरिनाका निकटवर्तीहरुले त्यस्तो हल्ला असत्य भएको स्पष्ट पारेका छन् । स्मरण रहोस् मुम्बइमा भएको उक्त विशेष प्रदर्शनी समारोहमा सलमान खानसँगै एक था टाइगरको पूरै टिम तथा अरु केही विशिष्ठ पाहुना समेत उपस्थित थिए ।