भक्कानो फुट्ने गरी रोए प्रशान्त
|
तेश्रो ईन्डियन आईडियल बनेपछि लोकपि्रय बनेका प्रशान्त तामाङ भक्कानो फुट्ने गरी रोएका छन् । तर, वास्तवीक जीवनमा नभई उनी पर्दामा रोएका हुन् । भक्कानो फुट्यो बोलको गीतमा नायक तथा गायक प्रशान्त आफ्नो मायालुलाई सम्झिएर रोएका हुन् ।

विकास सुवेदीले निर्देशन गरेको भिडियोमा प्रशान्त तामाङ, नम्रता सापकोटा र गणेश शाहको अभिनय छ । सुवेदीको यो १८ औं म्युजिक भिडियो हो । हालसम्म थुप्रै गीत गाएका प्रशान्तले पहिलो पटक आधुनकी गीतमा आफ्नो आवाज दिएका हुन् ।
कल्पना देवीको शब्द, सुभाष भुषालको संगीत रहेको गीतको भिडियोको छायांकन सागर प्रधानले गरेका हुन् । भक्कानो फुट्ने गरी प्रशान्त कसरी रोए
भिडियो हेर्न यहाँ click गर्नुहोस्
|



