बेलायती लिगमा नेपाली टोली
|
लन्डन, भदौ ७- बेलायतमा बसोबास गर्ने नेपाली समुदायको खेलकुदमा निकै लगाव छ। फुटबल यहाँ बस्ने नेपाली जीवनको अभिन्न पाटोजस्तै बनिसकेको छ। सात समुन्द्रपारीको देशमा नेपालीबीच भाइचाराको सम्बन्ध कायम राख्ने मुख्य माध्यम फुटबल हो। नियमित भेटघाटको अवसर जुराउन यहाँका विभिन्न समुदाय र संस्थाले हरेकजसो सप्ताहन्तमा फुटबल प्रतियोगिता गर्ने गरेका छन्।
नियमित भेटघाट र त्यसमार्फत नयाँ पुस्तालाई नेपाली संस्कृति सिकाउनकै लागि बेलायतमा नेपाली समुदायबीच फुटबल प्रतियोगिता गर्ने गरेको आयोजकहरू बताउँछन्। तर फुटबल खेल्नकै लागि बलायतमा दर्ता भएको एकमात्र नेपाली क्लब सहारा एफसीको उद्देश्य भने त्योभन्दा बृहत छ। बेलायतमा सहारा युकेको नामबाट नेपाली फुटबलमा विशेष योगदान गरिरहेको क्लबले वर्षेनी लन्डनमा एभरेस्ट कपका नाममा प्रतियोगिता गर्ने गरेको छ। सहारा कपका नाममा हुने गरेको प्रतियोगिता पछिल्लो दुई वर्षदेखि एभरेस्ट कपमा रुपान्तरित भएको हो।
क्लबका अध्यक्ष नवीन गुरुङ बेलायतमा नेपालीपन र भाइचाराको सम्बन्ध कायम राख्नुका साथै नयाँ प्रतिभा उत्पादन पनि एभरेस्ट कपको उद्देश्य रहेको बताउँछन्। बेलायतमा नेपाली समुदायले एक वर्षको क्यालेन्डरमा गर्ने दुई दर्जनभन्दा बढी प्रतियोगितामध्ये एभरेस्ट कपमा मात्र ११ जनाले खेल्ने गर्छन। सेभेन ए साइड र नाइन ए साइड प्रतियोगिताको भीडमा आफूहरूले इलेभेन ए साइड प्रतियोगिता गरेर सही फुटबल प्रवर्द्धन गर्न खोजेको उनको तर्क छ।
यती हिमालयन शेर्पा क्लबबाट नेपालमा व्यावसायिक फुटबल खेलिरहेका कुन्जन गुरुङ, एनआरटीबाट खेलिसकेका बहार लक्जम्बा र कुनै बेला नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएर पनि बेलायती पासपोर्टका कारण समावेश हुन नपाएका नवल गुरुङको उदाहरण दिँदै उनी बेलायतबाट पनि राम्रा नेपाली खेलाडी उत्पादन सम्भव भएको बताउँछन्। 'यहाँबाट राम्रा खेलाडी उत्पादन झन बढी सम्भव छ। यहाँको मैदान राम्रो छ, वातावरण फुटबलमय छ र खेलाडीले खानपिनका साथै अन्य सुविधा पनि बढी पाउन सक्छन्,' सहारा युकेका अध्यक्ष गुरुङ भन्छन्, 'हामीले राम्रा खेलाडी उत्पादनको लक्ष्य राखेरै गतिविधि अझ प्रभावकारी बनाउन सहारा एफसी गठन गरेका हौं।'
सुरुमा सहारा युके गठन गर्दा फुटबलको माध्यमले समाजसेवामा समर्पित पोखराको सहारा क्लबलाई सहयोग गर्ने उद्देश्य मात्र थियो। अहिले यसले बेलायतमा पनि नेपाली फुटबलको प्रभाव जमाउने लक्ष्यका साथ यसै वर्ष सहारा एफसी औपचारिकरूपमा दर्ता गरिसकेको छ। 'समाजसेवाका लागि सहारा युके र व्यावसायिक फुटबलका लागि सहारा एफसी,' सहारा एफसीका प्रमुख भूपेन्द्र गुरुङ भन्छन्।
गतवर्ष मात्र बेलायतमा पब्लिक लिमिटेडमा दर्ता भएको सहारा एफसीले व्यावसायिक फुटबलको सुरुवातस्वरुप यसै वर्षदेखि यहाँको ह्याम्पसायर एफएको आइतबारे लिग खेल्ने भएको छ। आइतबारे ह्याम्पसायर लिग इङ्लिस क्लब फुटबलमा दसौं दर्जाको लिग हो। शीर्ष स्तरको प्रिमियर लिगसम्म पुग्न यहाँको टोलीले ९ खुट्किलो पार गर्नुपर्नेछ। तथापि सहाराको लक्ष्य भने प्रिमियर लिग होइन। आइतबारे लिगपछि शनिबारे लिग, ह्याम्पसायर काउन्टी लिग, इन्टर काउन्टी लिग, साउदर्न कन्फरेन्स लिग, लिग थ्री, लिग टु, लिग वान र च्याम्पियनसिप हुदै यहाँको टोलीले प्रिमियर लिगसम्मको यात्रा तय गर्न सक्छ। 'हामी आफूमा प्रस्ट हुनुपर्छ। अहिले हामीले प्रिमियर लिगको सपना देख्नु भनेको फुटबल नखेल्नु हो। यहाँ काउन्टी लिगमा पुगेपछि क्लबको आफ्नै अभ्यास मैदान र रंगशाला चाहिन्छ। तर हामीले अरु कुनै क्लबसँग मिलेर रंगशाला साझेदारी गर्न पनि सक्ने भएकाले अहिलेलाई काउन्टी हाम्रो लक्ष्य हो,' भूपेन्द्र भन्छन्।
सहारा एफसीलाई पब्लिक लिमिटेडमा लगेर पूर्ण व्यावसायिक रूप दिने योजना सुनाउँदै भुपेन्द्र भन्छन्, 'अब एएफसीले पनि व्यावसायिक लिग खेल्ने क्लबको आफ्नै मैदान हुनुपर्ने, प्रालिमा जानुपर्नेलगायतका नियम ल्याईसकेको छ। त्यसैले नेपाली फुटबललाई पनि हाम्रो यो प्रयासले राम्रो शिक्षा दिनसक्छ। नेपालमा पनि क्लबहरू प्राइभेट लिमिटेड वा पब्लिक लिमिटेडमा नगई दीर्घकालीन विकास सम्भव छैन।'
इङ्लिस फुटबलको संरचनामा छिरिसकेपछि खेलाडीका हकमा आत्मनिर्भर हुने लक्ष्यअनुसार सहाराले आफै खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि नेपालमा भएका राम्रा प्रतिभालाई पनि बेलायतमा ल्याउने प्रयास जारी रहने गुरुङ बताउँछन्। क्लबको सेयर चाँडै नै निष्कासन गर्नेलगायत दीर्घकालीन व्यावसायिक योजना सुनाउँदै उनी भन्छन्, 'हामीले अनिल गुरुङलाई ल्याएर पनि यहाँ खेलाउने प्रयास गरेका हौं। प्राविधिक कारणले त्यो पूरा भएन। अब अरु नेपालका प्रतिभालाई पनि यहाँ ल्याउने प्रयास निरन्तर हुनेछ। यहाँ खेलाउनै नसके पनि नेपालका राम्रा खेलाडीलाई यहाँ ल्याएर उच्चस्तरीय प्रशिक्षणको व्यवस्था मिलाउने छौं । जसरी पनि नेपाली फुटबलको सेवा गर्नु हाम्रो उद्देश्य हो। नेपालका खेलाडीलाई यहाँ मौैका दिन सकियो भने त्यसले हाम्रो देशको राष्ट्रिय टोली बलियो हुनेछ।'