बचौं फुड एलर्जीबाट
|
खाना जीवनका लागि अनिवार्य छ तर कतिपय अवस्थामा खाना पनि घातक हुन पुग्छ। यस्तो स्थितिलाई फुड एलर्जी भनिन्छ। त्यसो त फुड एलर्जीबाट जोगिन सकिन्छ तर गम्भीरता अपनाइएन भने परिणाम दुर्भाग्यपूर्ण हुनसक्छ।
फुड एलर्जीबाट बच्न त्यसको लक्षण र कारण बुझ्नु आवश्यक छ।
के हो फुड एलर्जी ?
फुड एलर्जीको सम्बन्ध शरीरको रोगप्रतिरोधक तन्त्रसित छ। हाम्रो शरीरको रोगप्रतिरोधक तन्त्रले ब्याक्टेरिया एवं भाइरसका साथै अन्य विषालु पदार्थहरूको प्रतिवाद गर्छ। जुन खास पदार्थबाट शरीरलाई एलर्जी हुन्छ, त्यसलाई खाँदा पनि प्रतिरोधक तन्त्रले प्रतिक्रिया जनाउँछ र शरीरमा -इम्युनोग्लोबिन ई) नामक एन्टिबडिज निर्माण हुन थाल्छ। यसले कोशिकाहरूमा गएर रसायन उत्पादन गर्छ, जसका कारण एलर्जी हुन्छ। यसैलाई फुड एलर्जी भनिन्छ। त्यसो त एलर्जीको लक्षण सामान्य हुन्छ तर कहिलेकाहीँ गम्भीर बिरामी वा मृत्यु पनि हुन सक्छ। एलर्जी कुनै पनि खाद्यपदार्थबाट हुन सक्छ तर त्यसको धेरैजसो कारण प्रोटिन नै भएको पाइन्छ। बालबालिकालाई प्रायः अण्डा, दूध, सेलफिस, सोया, टि्रनट र गहुँबाट एलर्जी हुन्छ। त्यसैगरी वयस्क व्यक्तिलाई माछा र सेलफिस टि्रनट जस्तै वालनट र अण्डाबाट एलर्जी हुन्छ। फुड एडिटिब्स जस्तै डाइज, थिकनर्स र पि्रजरवेटिवबाट भने धेरै कम फुड एलर्जी वा फुड इन्टोलरेन्सको समस्या उत्पन्न हुन्छ। फुड एलर्जी बाल्यावस्थामै प्रारम्भ हुनसक्छ। त्यसैले बालबालिकालाई पाँच वर्षदेखि नै दूध, अण्डा, गहुँ र सोयाजस्ता एलर्जी हुने खाद्यपदार्थबाट टाढा राखे राहत प्राप्त हुन्छ।
मुख र जिब्रोमा प्रभाव पार्ने एलर्जी हुनुमा ताजा फल र तरकारीको भूमिका रहन्छ। यसप्रकारका खानामा केही पोलेन्स -पराग) सित मिल्दाजुल्दा तत्व हुन्छन्। यसप्रकारको खानाबाट एलर्जी हुन्छ। जस्तै खरबुजामा रेगविड पोलेन्स र स्याउमा टि्र पोलेन्स भनिने तत्त्व पाइन्छ।
लक्षण
ल कुनै पनि रोगको उपचारपूर्व त्यसका लक्षणका बारेमा जान्नु आवश्यक हुन्छ। फुड एलर्जीको लक्षण खाद्यपदार्थ खाइसकेपछि वा खाएको दुई घन्टापछि देखिन थाल्छ। कतिपय अवस्थामा खाएको केही घन्टापछि मात्र लक्षण देखा पर्छ।
फुड एलर्जीको लक्षण एब्डोमिन पेन, डायरिया, निल्न समस्या, मुख, आँखा, छाला चिलाउनु, रिंगटा लाग्नु, छालामा दाग, मुहार, ओठ र जिब्रो सुन्निनु, श्वासप्रश्वासमा समस्या र वाकवाकी लाग्नु अथवा बान्ता हुनु आदि।
ल मुखमा एलर्जीको लक्षणमा ओठ, जिब्रो र घाँटी चिलाउने, ओठ सुन्निने आदि हुन्छ।
एलर्जी बढे रक्तचाप घट्नेे र सास नलीमा अवरोध उत्पन्न भै सास लिन गाह्रो हुन सक्छ।
उपचार
रगत र छालाको जाँचबाट फुड एलर्जी भए-नभएको थाहा पाउन सकिन्छ। धेरैजसो फुड एलर्जीमा पूर्णरूपले उपचार गर्ने विशेष विधि छैन। केही मामिलामा भने यो पूर्णरूपले बन्द हुन्छ, होइन भने एलर्जीसित सम्बन्धित भोजनमा परहेज गरेर मात्र यसबाट जोगिन सकिन्छ।
फुड इन्टोलरेन्स
कतिपय अवस्थामा मानिसहरू फुड इन्टोलरेन्सलाई फुड एलर्जी मान्छन्। यी दुवैका केही लक्षण समान भए पनि फुड इन्टोलरेन्स फुड एलर्जीभन्दा फरक र अलग हुन्छ। फुड इन्टोलरेन्सको समस्या पाचनतन्त्रसित हुन्छ। जब शरीरले कुनै खाद्यपदार्थलाई पूर्णरूपमा पचाउन सक्दैन तब यो समस्या उत्पन्न हुन्छ। कसैलाई लेक्टोस सह्य हुँदैन। यस्ता व्यक्तिमा दूध पचाउने इन्जाइमको कमी हुन्छ, जसका कारण शरीरले प्रतिक्रिया जनाउँछ । यसमा डायरिया र बान्ता हुने जस्ता लक्षण अगाडि आउँछन् तर यसबाट फुड एलर्जीजस्तै ज्यानको खतरा भने हुँदैन।
फुड एलर्जीबाट बच्ने उपाय
फुड एलर्जीको कारण थाहा पाइसकेपछि एलर्जी गराउने खाद्यपदार्थलाई भोजनमा समावेश गर्नु हुँदैन।
खाद्यपदार्थ प्रयोग गर्नुपूर्व त्यसमा मिश्रण गरिएको सामग्रीका सम्बन्धमा
जानकारी लिनुपर्छ।
बाहिर खाँदा भोजनका बारेमा शंका उत्पन्न भए खानामा प्रयोग भएको सामग्रीका बारेमा सोध्नु राम्रो हुन्छ।
बालबालिकाका मामिलामा आमाबुबाले स्कुल, अध्यापक एवं साथीभाइहरूलाई पनि एलर्जीका सम्बन्धमा सूचना दिनुपर्छ। यसबाट बालबालिका घरबाहिर एलर्जी हुने भोजन खानबाट बच्छन्।
खाना बनाउने भाँडाबाट एलर्जी हुन्छ भने तिनलाई अलग राख्नुपर्छ।