प्रकृतिमा नरमाउने भो काठमाण्डौ

अन्ततः रिलीजको एक दिन अघि चलचित्र ‘हेल्लो प्रकृति’ को निर्माणपक्षले यो सिनेमालाई काठमाण्डौमा नलगाउने निर्णय गरेको छ । सुनिल पाण्डेको निर्देशनमा तयार भएको चलचित्र शुक्रबारवाट मोफसलका हलमा मात्र रिलीजमा आएको छ ।

चलचित्रमा नायिका सुमिना घिमीरे र नव नायक अनिल थापाको मुख्य भुमिका रहेको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार आपसी तालमेल मिलाउनका लागी सिनेमा मोफसलमा मात्र रिलीजमा ल्याईएको हो । चलचित्रमा लगानी ३ जनाको रहेको छ । यसैले, पनि सवैको सल्लाहा अनुसार सिनेमा काठमाण्डौ बाहीर मात्र रिलीजमा आएको हो । सिनेमा काठमाण्डौमा चलाउने या नचलाउने विषयमा निर्माताहरु बिच किचलो भएको वुझीएको छ । तर निर्माणपक्षले भने प्रावीधीक कमजोरी देखाउदै सिनेमा काठमाण्डौमा नलागेको बताएको छ ।
चलचित्र ‘हेल्लो प्रकृति’ गीत र दृश्यका कारणले चर्चामा रहेको छ । काठमाण्डौमा शुक्रबारबाट नै चलचित्र ‘लभ ईज लाईफ’ र’ तिमी विनाको जीवन’ रिलीजमा आएका छन् । चलचित्र ‘लभ ईज लाईफ’ लाई एल.एन.गौतमले निर्देशन गरेका हुन् । चलचित्र भित्र आयुष रिजाल, मोनीका दाहाल लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै, मल्टिप्लेक्स हलमा सलमान खान अभिनीत वलिउड चलचित्र ‘एक था टाईगर’ पनि रिलीज भईरहेको छ । यसैले पनि ‘हेल्लो प्रकृति’ को युनिट काठमण्डौमा सिनेमा लगाउन डराएको हुनुपर्छ । चलचित्रलाई छिट्टै काठमाण्डौ भित्राईने निर्माणपक्षको दावी रहेको छ ।

-onlinekhabar